२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

ठुलोे संख्ययामा सिडिओको सरुवा, काभे्को साहायकमा हुमागाइ


२३४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । गृहमन्त्रालयले ११ जिल्लाका सिडिओ सरुवा गरेको छ । सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।

    यसैगरी दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारीलाई सिडिओ बनाएर पठाइएको छ । कृष्णप्रसाद पन्थ प्युठान, कृष्णचन्द्र पौडेल कालिकोट, पुष्पराज पौडेल मनाङ र डोरेन्द्र निरौला ताप्लेजुङको सिडिओ बनेका छन् । उपसचिव अनुज भण्डारी मोरङ, वद्रीनाथ गैरे नुवाकोट, तुल्सीराम पौडेल गोरखा, रामेश्वर अर्याल तनहुँ र लक्ष्मीदेवी हुमागाईंलाई काभ्रेको सहायक सिडिओ बनाएर पठाइएको छ ।
    यसैगरी अध्यागमन विभागमा लिलाधर अधिकारी र रुद्रनाथ देवकोटालाई पठाइएको छ । लक्ष्मीप्रसाद बास्कोटा केन्द्रीय कारागार सुन्धारा र शम्भुप्रसाद रेग्मी राष्ट्रिय परीचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका छन् । खुमकान्त आचार्य इलाका प्रशासन कार्यालय साँखु र चन्द्रबहादुर कार्की इलाका प्रशासन कार्यालय धरानमा सरुवा भएका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार