२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

पर्यटन मन्त्रीको जिम्मेवारीमा भट्टराई


९४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । उहाँको ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ भएको छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्रीले सम्हाल्दै आएका मन्त्रालयको जिम्मा भट्टराईले पाउनु भएको हो ।

    भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको थियो । बुबा भीमलाल भट्टराई तथा आमा नाम महेन्द्रादेवी भट्टराइको कोखबाट जन्मनु भएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उहाँलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव राख्नु भएको थियो ।
    २०३७ सालमा अनेरास्ववियुको राजनीतिमा प्रवेस गरी बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर जिम्मेवारी निर्वाह गर्नुभएका भट्टराईले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो ।

    २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बन्नुभएको थियो । बाम गठबन्धनमा माओवादि केन्द्रको समर्थनमा ताप्लेजुङबाट उम्मेदवार दिई बिजय हुनुभएका उहाँ बाम गठबन्धन र प्रभावसालि नेता मानिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार