२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

विप्लवका नेता हतियार सहित पक्राउ


१८५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् ।

    प्रतिबन्धित विप्लव नेकपाका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका हुन् । विष्टलाई भोजपुर नगरपालिका–१० गजुरमुंखी भिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

     

    प्रहरीका अनुसार पक्राउ परेका विष्टबाट १ थान हेण्ड ग्रिनेट (बम), २ थान अटोमेटिक पेस्तोल, २ थान पेस्तोलेको म्यागेजिन र १० राउण्ड गोली बरामद भएको छ । उनको साथबाट २ वटा मोबाइल, १२ थान सिम कार्ड र नगद ५ हजार ९ सय ७० रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी नर बहादुर सलामी मगरले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार