२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

महराले हारे मुद्धा, भयो जिल्ला अदालतकै सदर


५४६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौँ — उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश गरेको छ ।

    मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाण्डौंको गत कार्तिक १८ गतेको आदेशलाई सदर गरेको अदालतका राजिस्ट्रार बाबुराम दाहालले बताए।

    ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको’ भन्दै जिल्ला अदालत काठमाण्डौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो।

    जिल्ला अदालत काठमाण्डौंका एक नम्बर न्यायाधीश सुदर्शन पाण्डेको आदेशपछि महरालाई डिल्लीबजार कारागारमा छन्। आफूलाई कानूनी आधारविना पुर्पक्ष धुनामा पठाएको भन्दै महराले फेरी आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिने बाटो खुला छ। बलात्कारको प्रयासको मुख्य मुद्दा भने जिल्ला अदालत काठमाण्डौंमा विचाराधिन छ।

    संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको आरोपमा गत असोज १७ गते राति उनले फोनबाट प्रहरीमा उजुरी दिएकी थिइन। उजुरीका आधारमा प्रहरीले उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। महरामाथि साढे ७ वर्ष कैदको माग दाबी थियो।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार