२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

१४बर्षिय किशोरलाई हानियो गोली


५३९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १८, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • १८ पुस, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि बुधबार राति ७ बजे गोली प्रहार भएको हो । छातिमा लागेको गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि बुधबार राति नै काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

    सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले जनाएका छन् ।

    गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार