२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

सार्वजनिक विदाको दिनमा पनि बैंकहरु खुल्ला रहने


५२१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।

    करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखारकाउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिएका छन् ।
    सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार