२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

कम्युनिष्ट गडमा काँग्रेसको उदय, पाँचखालमा काँग्रेसको विजयको सुरुवात


५६३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरकै कम्युनिष्ट किल्लाको रुपमा निकै चर्चामा रहेको (साविक अनैकोट) पाँचखाल वडा नं २ मा नेपाली काँग्रेसले बिजय प्राप्त गर्दै कम्युनिष्को किल्ला तोडेको छ ।

    ०७४ सालको स्थानिय तहमा माओवादीले विजय गरेको सो वडा ०७९ को निर्वाचनमा काँगे्रसले जित हासिल गरेको छ । ०७४ निर्वाचनमा माओवादीबाट वडा अध्यक्ष निर्वाचित हरिराम खतिवडा एमालेमा प्रवेश गरेपछि थप चर्चामा रहेको वडा नं २ मा नेकपा एमालेको तर्फबाट हरिराम खतिवडा, नेकपा माओवाको तर्फबाट सन्तवहादुर तामाङ र नेपाली काँगे्रसको तर्फबाट रामेश्वर दाहाल साथै ने.म.कि.पा बाट समेत गरी चार जनाको बिच प्रतिस्पर्धा भएको थियो ।

    मत गणनाको सुरुवाती बाटै नेपाली काँग्रेस र एमालेको उम्मेदवार विच झिनो मतान्तरको प्रतिस्दर्धा हुदै गएपनि अन्तिम मत परिणामको अवस्थामा नेपाली काँगे्रसका उम्मेदवार रामेश्वर दाहालले २६६ मतको अन्तरले एमाले उम्मेदवार खतिवडालाई पछि पार्दै नेपाली काँग्रेसको पुरै टिमले बिजय हुन सफल भएका थिए ।

    मत परिणाम अनुसार काँगे्रस उम्मेदवार दाहालले ९६४, एमाले उम्मेदवार खतिवडाले ६९८, माओवादी उम्मेदवार तामाङले ४९५ र ने.म.किपाका उम्मेदवारले २ मत प्राप्त गरेका थिए । पाँचखाल वडा नं २ मा निर्वाचित हुने सदस्यहरुमा चण्डिका रम्तेल प्राप्त मत ९६४, सुनिता सापकोटा प्राप्त मत ८२४, कान्छामान तमाङ प्राप्त मत ८०९ र छोईमान तमाङ प्राप्त मत ८५३ रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार