काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिकाका दुई जना युवायुवती पोखरामा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बनेपा नगरपालिका वडा नं १ की २८ वर्षीया सुदिना कर्माचार्य र बनेपा नगरपालिका वडा नं १० का ३२ वर्षीय दिवाकर थापा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याइएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस