२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

जीवननै धान्न नसक्ने शिक्षा किन चाहिएको होला ?


१८२२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित ८ महिना अघि
  • बिनोद सापकोटा

     

    मेरो घर नजिकै एउटा संस्थागत र एउटा सामुदायिक विद्यालय छन् । घरै अगाडि बाटोको पल्लोपट्टी नेत्र मगर दाइको स–मील/ फर्निचर उद्योग अनि वल्लोपट्टी सानू वि.क भाइको वेल्डिङ एण्ड डिजाइनिङ कारखाना छ । पहिले– पहिले म आफै पनि शिक्षण पेशामा लामो समयसम्म आवद्द भएकोले होला , ती विद्यालयमा सर म्याडमहरूले चिच्याई चिच्याई विद्यार्थीहरूलाई रटाएको खुबै कर्णप्रीय लाग्थ्यो अनि फर्निचर र मेटल उद्योगवाट निस्कने आवाज खुबै डिस्ट्ररविङ लाग्थ्यो ।

    गोप्य तरिकाले वडा र न.पा. मा उजुरी दिएर मानव बस्ती नजिकै मुख्य चोकमा कर्कस आवाज निकालेर ध्वनी प्रदुषण गर्ने तीनलाई वालेन शैलीमा तहसनहस गराउकी जस्तो नलागेको पनि हैन् तर गरिएन । अब त यदि कसैले गर्न खोज्छ भने उद्योग हैन तिमी हट् भन्ने हो र भन्नु पनि पर्छ । बरू अहिले त यस्तो लाग्छ यी स्कूलहरूले साह्रै डिस्टर्व गरिरहेका छन् , हटाऊ भनेर कसैले भन्छ भने जे सुकै गर मत्लब छैन भन्ने मन लागिराछ , भलै नभनिएला आफ्नो ठाउँमा छ । तर स्कूलहरूको पारा देख्ता कन्परो चाहिँ नतातेको भन्न मिल्ने छैन् । ए ! म त अलि बढिनै पो बहकिएछु ।

    म भन्दै थिए, आजकल मलाई ठीक उल्टो लागिराछ । यी उद्योगहरूवाट भन्दा विद्यालयवाट निस्कने आवाजले मलाई बढि बिझाउन थालेको छ । के, किन, कसरी , कसका लागि मेरा प्रश्नहरूले उत्तर खोज्न थालेका छन् । पाँचखालमा वर्षाै अगाडिदेखि खुल्ने भनिएका कृषि, मदनभण्डारी विश्व विद्यालयहरूको सट्टामा आफ्नै रैथाने सीप अनि जनशक्तिमा आधारित नेत्रदाइ अनि सानू भाइलाई हेडसर बनाएर नेत्र एण्ड सानू विश्वविद्यालय खोल्नलाई हामीलाई के ले रोक्यो होला ? हाम्रा छोराछोरीहरूलाई त्यहा पढाउन पाएको भए के हुन्थ्यो अनि के हुदैनथ्यो होला ?

    आफ्नै तौल भन्दा बढि तौलका झोला बोकेर विद्यालय/ कलेज जाने ती विद्यार्थीहरूलाई बेलैमा हातमा करौति, ईन्चीटेप, वसिला राख्दिन सकेको भए , ती थियरमहरू घोकाउन भन्दा त्यो झ्यारझ्यार गर्ने वेल्डिङ मेसिन बोकाउन पाको भए सायद ती नेत्र दाइ अनि सानू भाइ ले विहारदेखि मिस्त्री बोलाउन पर्थेन होला । यताको पैशो उता जान्थेन होला अनि हाम्रा छोराछोरी यता त कामनै छैन भन्दै विद्यालय वा कलेजमा हाम्रा बा आमाले खाई नखाई कमाएर, ऋण काढेर तिरेको लाखौं रूपैयाको बदलामा पाएको कागजको एउटा चिर्कटो देखाएर अनि फेरि पुर्खाको आर्जन अनि नासोको रूपमा रहेको घर, जग्गा, जमिन धितो राखेर वा बेचेर सपनाको दुनियाँमा दलदलमा भासिन्नथेहोला । यस्तो खालको शैक्षिक प्रणालीले के दियो हामीलाई ? न सरकारको न अभिभावकको कसैको लगानीको प्रतिफल किन आएन् । यस्तो प्रतिफलनै नआउने क्षेत्रमा लगानी हुन्थेन भने वरू लगानी अन्तै गर्देकोभा हुन्थ्यो होला , बा आमाको बुढेसकाल सुनिश्चित हुन्थ्यो होला ।

    शिक्षा जीवनका लागि भनेर पढियो अनि पढाइयो पनि । तर जीवननै धान्न नसक्ने शिक्षा किन चाहिएको होला ? सीप, उद्यमशीलता, व्यापार, व्यावसाय दिन नसक्ने सिद्दान्तहरू किन घोकेको अनि घोकाएको होला ? पढेकाले काम गर्न हुँदैन , नपढे हलो जोत्नुपर्ला, गाडी डईवर बन्नुपर्ला भनेर किन तर्साएको होला ? कामलाई सहज र सरल तरिकाले गर्न जान्न पढ्नुपर्छ भनेर कसैले किन सिकाएन्।

    सिकाउथ्यो भने कत्रा कत्रा उद्योग, कारखाना, आविष्कार, नवपरिवर्तन भैसक्थे होला ? यदि श्रमको यदि श्रमको कदर र मूल्याङ्कन हुन्थ्यो भने कति उत्साहि र लगनशील भएर हाम्रा आफ्नै मान्छेहरू खालि शिशि, बोतल, कागज, कवाडि को धन्दा गरिरहेका हेन्थे होलान ? कपडा सिलाउनेलाई दमै, फलामको काम गर्नेलाई कामी, छालाको काम गर्नेलाई चमार र यी र यस्तैहरूलाई अपमान नगर्देको थ्यो भने के हुन्थेन होला? तिनलाई ईन्जिनियर र डिजायनर भन्दिदा कसको के बिग्रन्थ्यो ?

    मलाई त आजकल यस्तो लाग्दैछ कि यो पुरै एजुकेसन सिस्टमनै स्क्याम हो ।यो सुधारेर सुधारिसक्नु नै छैन् । कहाँवाट सुरूवात गर्ने, के के चाहिँ गर्ने ? प्रिय विद्यालयहरू, अब पढाउन छोड्नुस सिकाउन थाल्नुस ।तपाईं हामी आफैलाई केही आउँदैन त के पढाउने । सधै कोर्स, करिकुलम , टेक्स्टबुक, डिभिजन, ग्रेड भनिरहने । अरूले अब सुध्रनुस नभनिकन हामीले सुध्रन नपर्ने ? अति भो ! अब सिकाउन थाल्नुस, सिकाउने मात्र हैन नि आफूपनि सिक्नुस् ।

    पढाउनुस नपढाउनुस, सिकाउनुस नसिकाउनुस मत्लब भएन, यो ग्रेड त्यो ग्रेड भो चाहिएन, पास होस फेल होस थाहा भएन तर अब उपरान्त मेरो बच्चा तपाईकामा आईसकेपछि आफै गरिखानसक्ने असल मान्छे चाहिँ बन्नैपर्छ । मैले भन्देको छु नि !
    लेखक ः विगत लामो समयदेखि संथागत तथा सामुदायिक शैक्षिक क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार