
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक केन्द्रको रुपमा परिचित बनेपा प्राधिकरण चोक नजिकै सञ्चालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ ।
कक्षा प्ले ग्रुपदेखि मास्टर डिग्री सम्म अध्यापन गराउने उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले रोजगारीको साथमा गुणस्तरीय शिक्षा हासिल गर्दै आएका छन् । विद्यालयले व्यवहारिक शिक्षा प्रदान गर्दा पड्दै कमाउदैको वातावरण सृजना भएको छ ।
“शिक्षा विद्यार्थीको लागि‚ विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको विद्यालयले अभिभावक र विद्यार्थीहरुमा टाडिदै गएको दूरीका विषयमा विद्यालयमा विशेष कक्षाको व्यवस्था गर्दै प्रशिक्षणहरू दिदैँ गर्दा सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अनुशासित भएको पाईनछ । जसको कारण पारिवारिक घनिष्टता साथै सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउने अव्बल विद्यार्थीको रुपमा परिचित छन् । ज्ञानकुञ्ज अध्ययन गर्ने विद्यार्थीहरूले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको मन जित्न सक्ने अवस्थाले गर्दा अभिभावकहरूले विद्यालय छनोट गर्दै गर्दा ज्ञानकुञ्ज नै छनोट गरेको पाइन्छ ।
विद्यालयमा अध्ययनको लागि पुगेका नयाँ विद्यार्थीहरूको हौसलाको लागि सुरुमा स्वागत कार्यक्रम राख्दै जीवन उपयोगी शिक्षा ‚ नैतिक शिक्षा ‚ व्यवहारिक शिक्षा ‚ विद्यार्थीको दायित्व ‚ आर्थिक उत्पादन पक्ष ‚ अभिभावक र विद्यार्थी बिचको सम्बन्धको बारेमा प्रशिक्षित गराएर मात्रै पठन पाठनको सुरुवात हुन्छ । समय समयमा समाजमा विकृतिको रुपमा फैलिएको कुलतले गर्ने असरको बारेमा समेत जानकारी गराउँदै सजकता गराउने कार्यले गर्दा सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य सुनौलो सुनिश्चित भएको पाइन्छ ।
विद्यालयका सञ्चालक सदस्य एवं प्रबन्ध निर्देशक प्रताप वैद्यसंगको भेटको क्रममा विद्यालय सञ्चालकमै उद्देश्यको बारेमा जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ —हामी विद्यालय सञ्चालकहरू परिकल्पना नै जीवन उपयोगी व्यवहारिक शिक्षा प्रदान गर्नु हो । विद्यार्थीहरू र अभिभावक बिचको दूरीलाई नजिकिने वातावरण सृजना गर्दै कमाउ र पड्को वातावरण निर्माण हाम्रो दायित्व हो । हाम्रो परिकल्पना अनुसार समय समयमा अतिरिक्त शिक्षा प्रदान गर्छौं ‚ जसले गर्दा विद्यार्थीहरुमा प्रतिस्पर्धा गर्ने क्षमतामा विकास हुनुका साथै अनुशासित तफर् अग्रसरता गराउँछ ।
प्रबन्धक वैद्यले थप्नुभयो —अरु विद्यालयहरूले के कसरी कुन ढङ्गबाट शिक्षा प्रदान गरेको छ सो विषयमा चासो दिनु त्यति उचित हैन । तर हामीले ज्ञानकुञ्जमा अध्ययन गर्ने विद्यार्थी अन्यत्र अध्ययन गर्ने भन्दा फर हुनुपर्छ भन्ने सोचेका छौं । हाम्रो साचलाई विद्यार्थीले पुर्ण गरिदिएको छ । हाम्रो सुस्म अध्ययनमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कुलतमा फसेको पाइन्न ‚ कुनै न कुनै रोजगारी गरिरहेका छन् । घरपरिवारमा सुमधुर सम्बन्ध ‚ सामाजिक क्षेत्रमा अग्रसरता ‚ शिक्षामा अब्वल सावित भएका छन् । हाम्रा विद्यार्थीहरू अशल नागरिकको रुपमा परिचित हुनु साथै कुनै न कुनै रोजगारी गरिरहनु लाई हामीले हाम्रो उपलब्धि ठानेका छौं ।
मेनेजमेन्ट ढंगको शिक्षाबाट राष्ट्र निर्माणमा टेवा साथै विद्यार्थीको भविस्य समेत उजजल रहने भएकोले हामी सोहि मार्ग पहिल्याएर अगाडि बढेका छौं । ज्ञानकुञ्जमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीले पड्नको लागि पैसा तिर्नु पर्दैन । क्याम्पस लेवलमा मात्रै वाषिर्क ३० लाख छात्रबृत्ति प्रदान गर्दै आएका छौं । हामीले निर्धारण गरेको क्याटागोरीमा पर्नेले सहज ढङ्गबाट छात्रवृत्ति पाउछन् । सोको लागि कसैको भन्सुन अवश्यक छैन ‚ कसैले सोर्स फोर्स लगाएर छात्रबृत्ति पाउछन् भन्ने अवस्था छैन । निश्पक्ष र पारदर्शीता हामी संचालकको दायित्व हो । हामीले माध्यमिक तहमा पनि छात्रबृत्ति दिन्छौं सोमा पनि भनसुन चल्दैन । विद्यार्थीहरूको शैक्षिक यात्रा प्रारम्भसँगै नैतिक‚ व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिनु नै भविश्यको अशल कर्णधार निर्माण गर्नु हो । प्रबन्धक वैद्यले थप्नुभयो ।
प्रतिक्रिया दिनुहोस