काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोक जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित ‚ कृषि तथा पशुपालनको हव को रुपमा रहेको बेथानचोक गाउँपालिकाका कृषकहरूले ४ प्रतिशत व्याजमा कर्जा पाउने भएका छन् ।
गत असोज १०‚११ र १२ गतेको अविरल वर्षाको कारण ठुलो विपदको सामना गरेको गाउँपालिकाले कृषि उद्देमिहरुका लागि एक कृषक लाई २० लाख सम्म ४ प्रतिशत ब्याजमा कर्जा लगानी गर्ने व्यवस्था पालिकाले गर्नेभएको छ ।
आ.व ०८२/०८३ मा १० करोड सम्म लगानी गर्ने र क्रमश ५० करोड सम्म लगानी गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी गराउनु भयो । उहाँको अनुसार पालिकाले स्थानिय सहकारीहरुसंग समन्वय गरेर ९ प्रतिशत व्याजमा कर्जा लगानि गर्ने जसमा ५ प्रतिशत व्याज पालिकाले तिरिदिनै र ४ प्रतिशत व्याज कृषकले तिर्ने व्यवस्था मिलाएको छ । जुन कर्जाको अवधि ५ वर्षको रहने छ ।
भेटको क्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो —गत असोजमा आएको विपदले गर्दा पुर्वाधार तर्फ ९ अरवको क्षती भयो ‚ १३ जनाले ज्यान गुमाउनु पर्यो ‚ त्यस्तोजटिल परिस्थितिको सामनाको लागि पालिका अध्यक्ष गलायतका सम्पूर्ण जनप्रतिनिधिहरूको साथमा हामी कर्मचारीहरू समेतको अग्रसरतामा विपदको सामना गर्दै उद्दार कार्यमा जुटियो । उद्धारकार्यको साथै बन्द भएको सडकहरू सञ्चालनको लागि दैनिक २२ वटा डोजर चलायौ । विपदले गर्दा विद्युत प्रसारण लाइनहरू लथालिङ्ग भयो अन्धकार अवस्थाले गर्दा पीडामा परेका पीडितहरूलाई थप समस्या भएको महसुस गर्दै चाड पर्वको कुनै वास्तै नगरी निरन्तर रुपमा आगाडि बढ्दा महां दशैको नवमीको दिन सम्ममा २ सय भन्दा बडी पोलहरू गाडेर बेथानचोकलाई उज्यालो पार्न सफल भइयो । पिडिहरुको सहयोगको लागि स्थानीयले समेत १९ लाख सहयोग गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीको अनुसार —विपदमा परेका २४० पीडितहरूको अस्थाई आवास निर्माण गर्ने कार्य सम्पन्न भएको छ । स्थाई आवास निर्माणको लागि पालिकाले पहल गर्दै छ । बाडीले भरिएको खोलाहरू गहिर्याउने कार्य सम्पन्न भएको छ । खोला गहिर्याउदा निस्किएको गिटी बालुवा दहत्तर बहत्तर अन्तरगत बिक्रीको लागि प्रकृया अगाडि बढाइएको छ । पालिकामा धेरै खानीहरू सञ्चालनमा छन् ‚ अवैध खानी सञ्चालनमा रोक लगाइएको छ । अनुमति पाएका खानीहरू सहज ढंगबाट संञ्चालन हुदै आएका छन् । खानिको कारणले पहिरो गयो भन्ने भनाई पनि नआएको हैन तर वास्तवमा खानीको कारण पहिरो गएको नभई महाँ विपतको कारणले समस्या निम्तिएको हो ।
पालिकाको आन्तरिक आय १४ करोडको हाराहारीमा रहेको छ ‚ सो आएबाट पालिका वासिको हितमा कार्य गर्दै आएका छौं । गाउं कार्यपालिकाको निर्णय अनुसार शिक्षा क्षेत्रमा आमुल परिवर्तन साथै गुणस्तरिय व्यवहारिक शिक्षामा जोड दिइएको छ । छोरी र वुहारी संगै कलेज आउनेलाई प्रोत्साहनको व्यवस्था गरेको छ । फरक फरक विधामा अध्ययन गर्दै उत्कृष्ट हासिल गर्ने विद्यार्थीहरुका लागि पालिकाले पुरस्कृत गर्ने नीति लिएको छ । गत वर्षको जस्तो विपद दोहोरिन सक्ने सम्भावना रहेकोले विपद व्यवस्थापनलाई मजवुत बनाएका छौं भने पालिकावासि सजग हुदै प्रतिकार्यको लागि तयारी अवस्थामा रहन अनुरोध गर्दछु । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस