२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

छोराको प्रेमिकालाई आगो लगाएर हत्या गर्नेलाई प्रहरीले झ्याप


६९९५ पाठक संख्या
  • २०८२ जेष्ठ २५, आईतबार मा प्रकाशित ८ महिना अघि
  • मोरङ । २०७६ सालमा भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन् ।

    झापाको अर्जुनधारा नगरपालिका–११ घर भएकी २१ वर्षीय ईशा योगी शेर्पाको विराटनगर महानगरपालिका–१६ मा भाडा बसेर पसलमा काम गर्ने क्रममा रेम्बो भन्ने रुद्र राज लामासँग प्रेम गाँसिएको थियो । तर, दुई जनाबिच विवाद भएपछि २०७६ वैशाख १ गते रुद्र राज लामाले ईशालाई घरमा बोलाएर परिवारसमेतको मिलेमतोमा उनको शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते बनाएका थिए।

    ईशालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काठमाडौँको कीर्तिपुरस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। लामासहित उनको परिवारविरुद्ध २०७६ साल जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको भएको थियो । त्यसयता उनीहरू फरार रहेका थिए।

    गोप्य सूचनाको आधारमा मोरङ प्रहरीको टोलीले रुद्र लामाका बुवा एसराज लामालाई २०८२ जेठ २४ गते पक्राउ गर्न सफल भएको थियो ।  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार उनलाई मोरङ जिल्ला अदालतबाट जेठ २६ गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार