२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

ज्ञानकुञ्ज रोड रेस जेठ ३१ मा‚ पुरस्कारको राशि एक लाख २० हजार


८११३ पाठक संख्या
  • २०८२ जेष्ठ २६, सोमबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र आसपासको जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्र बनेपा बनेपा वडा नं ८ विद्युत प्रधिकरण चोक नजिकै सञ्चालनमा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी ३१ गते बिहान ५/३० बजे पाँचौ ज्ञानकुञ्ज रोड रेसको आयोजना गरेको छ ।

    सो कार्यक्रममा छात्रा तफर्को समुह र छात्र तफर्को गरी दुई समुह गरि दुई समुहमा रोड रेस हुने विद्यालयका अध्यक्ष सुरकृष्ण वैद्यले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । अध्यक्ष वैद्यको अनुसार छात्र तफर्का समुहले (पनौती देखि विद्यालय सम्म) ७ किलोमिटर र छात्रा तफर्को समुहले ( बनेपाको तीन दोबाटो हुँदै चण्डेश्वरी मन्दिर हुदै पुन विद्यालय ) ३.६ किलोमिटरको दुरी निर्धारण गरिएको छ ।

    सो रोड रेस कार्यक्रमको लागि पुरस्कारको राशि एक लाख २० हजार निर्धारण गरिएको छ । जसमा छात्र तफर्का प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार सहित कदर पत्र ‚ दोस्रो हुनेलाई २० हजार नगद पुरस्कार सहित प्रमाण पत्र र तेस्रो हुनेलाई १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यसैगरी छात्रा तफर् सोही अनुसार प्रथम ‚ दोस्रो र तेस्रो हुनेलाई क्रमश ३० ‚ २० र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जानकारी प्राप्त भएको छ ।

    “नैतिक‚ व्यवहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज” भन्ने मुल नाराका साथमा सञ्चालन भएको उक्त विद्यालयले विद्यालय स्थापनाको २३ वर्षको अवधि सम्म आइपुग्दा ठुलो फड्को मार्न सफल भएको छ । किन्नर गार्डेनदेखि स्नातकोत्तर तह सम्म उत्कृष्ट शैक्षिक शैशिक गतिविधि सञ्चालन गर्दै आउँदा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू डाक्टर ‚ इन्जिनियर‚ बैकर ‚ उद्योगी ‚ व्यापारी ‚ नेपाली सेना ‚ नेपाल प्रहरी ‚ निजामती सेवा‚ प्रशासन तथा शिक्षक खेलाडी ‚ सञ्चारकर्मी समेतको क्षेत्रहरू ओगट्न सफल भएका छन् भने अन्य क्षेत्रमा समेत अनुशासित व्यक्तिको पहिचान कायम गर्न सफल भएको छ ज्ञानकुञ्ज ।

    ज्ञानकुञ्ज रोड रेस कार्यक्रमको सुरुवात भएको यो पाँचौ पटक हो ‚ सात लाख भन्दा बडी खर्च गरेर गरिने कार्यक्रमको प्रमुख उद्देश्य  विद्यार्थीवर्गमा प्रतिस्पर्धाको वातावरण सृजना गरि भावी दिनहरूमा जुन सुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सहज वातावरण । त्यसैगरी एस.ई.ई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूले गलत मार्ग पहिल्याउन नसकून् साथै कुलतमा फसेकाहरुलाई पनि सही मार्गमा दोहोर्‍याउन शकुन भन्ने र सफल जीवनको लागि स्वास्थ्य स्वास्थको लागि खेलकुद भन्ने रहेको छ ।

    पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक सदस्य एवं प्रबन्ध निर्देशक प्रताप वैद्यले भन्नुभयो—कार्यक्रमा सहभागि हुननको लागि नाम दर्ता शुल्क एक सय मात्र लाग्ने र जेठ २९ गतेसम्म नाम दर्ता गराउन सकिने छ भने ३० गते रोड रेशको वारेमा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षण दिईने छ । सो कार्यक्रमको लागि दुइ सय जना स्वयंसेवक परिचालन ‚ प्ााँच सय भन्दा वडि सहभागि रहने छन् । सम्पुर्ण सहभागिहरुलाई गुणस्तरिय टि सर्ट साथै प्रमाण पत्रको समेत व्यवस्था गरिएको छ । कार्यक्रम समापन पश्चात खानाको व्यवस्था गरि विदाई गर्ने । रोड रेसको क्रममा सुरक्षाको लागि सहभागि विद्यार्थीहरुको साथमा दुई वटा वस ‚ एम्बुलेन्स ‚ औषधी सहितको स्वास्थ्य कर्मीको टोलि साथै मोटरसाईकल तथा चारपाङ्ग्रे सवारी साधनले स्कटिङ्गको व्यवस्था समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार