काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा उत्पादन भएको ताजा तरकारीमा विषादीको मात्रा नभएको प्रमाणित भएको छ ।
कृषि नगरीमा उत्पादन भएको ताजा तरकारिमा विषादी रहित उत्पादनको लागि लव ग्रीन नेपाल नामक संस्थाले लामो समयदेखि निरन्तर रुपमा अगाडि बढेको थियो । पाँचखालको उर्वरा भूमिहरूको विभिन्न स्थानमा दर्जनौ कृषक पाठशालाको व्यवस्था गरि कृषकहरूलाई आइ.पि.एम तरिकाबाट खेती गराइएको थियो ।
पाँचखाल नगरका मेयर महेश खरेलको आफ्नो पहिला कार्यकालको सुरुवातबाटै पाँचखालमा विषादी रहित ताजा तरकारी उत्पादन र स्वच्छ पिउने पानीको लागि पहिलो प्राथमिकता दिदैँ आउनु भएको थियो । मेयर खरेलले आफ्नो पहिलो कार्यकालमा प्राथमिकताको साथमा सुरु गरेको कार्य दोस्रो कार्यकालमा पुर्ण भएको छ ।
विगत ३३ वर्ष देखि पाँचखाललाई केन्द्र बनाएर विकास निर्माण साथै हरियाली विस्तार कार्यमा निरन्तर रुपमा कार्य गर्दै आएको लव ग्रीन नेपाल नामक संस्थाले पछिल्लो समयमा आएर कृषि नगरीको रुपमा अगाडि बढेको पाँचखाल नगरमा उत्पादन हुने ताजा तरकारीमा विषादी रहित बनाउने अभियानमा जुटेको थियो । छोटै समयमा पाँचखाल नगरको सोच र लव ग्रीन नेपालको मेहनत सफल भएको छ । जसको कारण पाँचखालमा उत्पादन भएको ताजा तरकारी उपभोक्ताहरूले ढुक्कको साथमा सेवन गर्न पाउने भएका छन् ।
विगत बर्षदेखि निरन्तर रुपमा परिक्षण गर्दै आउने क्रममा खान योग्य सावित हुँदै आएको थियो । सोही परीक्षणलाई निरन्तरता दिने क्रममा लव ग्रीन नेपाल नामक संस्थाको पहलमा पुन जेठ २५ गते विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीबाट प्राविधिकहरूको टिमले पाँचखाल नगरपालिकामा स्थलगत अनुगमन गरि १५ वटा तरकारीहरूका नमुना परीक्षणको लागि नमुना सङ्कलन गरेको थियो । सो परीक्षणबाट सवै प्रकारका ताजा तरकारीहरू सुरक्षित एवं. खानयोग्य रहेको परिक्षण बाट प्रमाणित भएको छ । जसको कारण पाँचखालको तरकारी ढुक्का साथमा उपभोक्ताले उपभोग गर्न पाउने भएका छन् ।
पाँचखालको तरकारीको विषयमा नगरका मेयर महेश खरेलसँग सम्पर्क गर्दा उहाले भन्नुभयो—म अमेरिका बाट नेपाल फर्कनुको प्रमुख कारण जन्मभूमिको संरक्षण र सम्वर्द्धन गर्नु हो । मेरो जन्म भूमि र म जन्मेको देशको लागि केही गर्नुपर्छ भनेर अमेरिका बस्दाको सुख सयल त्यागेर आए । मेरो उद्देश्य पुरा गर्नको लागि जन्मभूमिलाई प्राथमिकता दिएर अगाडि बढ्दै छु मेरो यि पाइलाहरू निरन्तर अगाडि बढ्ने छन् । जे जस्तोसुकै अवस्थामा पनि पूर्ण विराम लाग्ने छैन । जव मैले पाँचखाल नगरको पहिलो मेयर बन्ने अवसर पाय सो समयमा पाँचखाल वासिको मुहारमा खुसि ल्याउनु मेरो प्रमुख उद्देश्य रह्यो । सोहि खनुसार पहिलो प्राथमिकता पिउने पानी र कृषि रह्यो ।
पाँचखालवासिलाई स्वरोजगार साथै आत्मनिर्भरको एक माध्यम तरकारी खेती पनि हो । पाँचखाल जस्तो उर्वरा भूमिमा उत्पादन भएको तरकारी कुनै जमानामा विकेन सडकमा फाल्नु पर्यो भन्ने सुन्दा निकै पिडा हुनु स्वभाविकै हो । पाँचखालमा उत्पादन भएको तरकारीमा विषादीको मात्रा छ भन्ने दुस्प्रचारले तरकारी नविकेको भन्ने सुन्दा पाँचखालमा उत्पादन हुने तरकारीमा विषादी रहित बनाउने अभियानमा लव ग्रीन नेपासंग सहकार्य गरेर अगाडि वढ्दै गर्दाको परिणामा पाँचखालको तरकारी प्रमुख व्यापारिक केन्द्रहरुमा खोजि खोजि किन्ने गरेको पछिल्लो अवस्था हाम्रो सफलता नगरवासिको हित हो । मेयर खरेलले थप्नुभयो ।
पाँचखालको तरकारीमा बिषादीको मात्रा नभएको थत तीन बर्षदेखि निरन्तर रुपमा पुस्टि भएको छ । अवको कार्य भनेको पाँचखालमा उत्पादन भएको तरकारीको पाँचखालमै नियमित रुपमा परिक्षण गरि ग्रेडिङ्ग ‚ लेवलिंग र प्याकेजिङ गरि बजारमा पुर्याउने कार्यलाई यसै आर्थिक बर्षवाट सुरुवात गरिले लक्ष लिएका छौं । जुन कार्यले गर्दा उपभोक्ताले ढुक्कका साथमा उपभोग गर्न पाउनेछन् भने कृषकले उचित दाममा तरकारी वेच्न पाउने छन् । जसले गर्दा पाँचखाल नगरवासि आम्मनिर्भरको लागि एक खुडेकीलो पार गर्ने छन् । मेयर खरेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस