२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्दार


८१६५ पाठक संख्या
  • २०८२ जेष्ठ २९, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • २९ जेठ, काठमाडौं । भारतको अहमदाबाद दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्दार भएको छ ।

    यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराएपनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्यूज१८ डटकमले जनाएको छ ।

    ‘मेरो अघिल्लो अभिव्यक्ति गलत रुपमा उद्धृत गरिएको थियो, एक व्यक्ति जीवितै भेटिएका छन्’, अहमदावाद प्रहरीका आयुक्तले भनेका छन्, ‘अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’

    दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भनिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

    भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै दिए । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘टेकअफ गरेको ३० सेकेण्डमै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । सबै कुरा एकैचोटी भयो ।’

    अहमदाबादबाट बेलायतको राजधानी लन्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।

    प्रहरीका अनुसार, बाँकी शवहरुलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थलबाट सार्वजनिक भएको तस्वीर र भिडियोहरुमा विमानको केही भाग होस्टल भवन वरिपरि छरिएको देखिन्छ । विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु आएका छन् ।

    भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।

    दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिक समेत हुनसक्ने आशंकामा भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । त्यसक्रममा भारतीय अधिकारीहरूले एउटा सूची पठाएका थिए, त्यसपछि विमानमा नेपाली नरहेको पुष्टि भएको थियो ।

    एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले यो घटनालाई ‘विपत्तिपूर्ण दुर्घटना’ भनेका छन् । बेलायतका राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै धेरै बेलायती नागरिक समेत सवार रहेको विमान दुर्घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार