२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

संघियतालाई टिकाउन छुद्र राजनीतिको अन्त्य हुनुपर्छ —बाँस्कोटा


६५२७ पाठक संख्या
  • २०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला समन्वय समितिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आर्थिक अनुशासनमा मुलुकका तीनै तहका सरकार बस्न नचाहेको बताउनु भयो ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आठौँ जिल्ला सभा तथा आ.व २०८१र०८२ जेठ १५ गते सम्मको प्रगति समीक्षा कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद बाँस्कोटाले मङ्गलवार धुलिखेलमा उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि सङ्घीय सांसद बाँसकोटाले जिल्ला समन्वय समितिको कार्य समन्वय गर्ने हो । कार्यकारीको रुपमा स्थानीय ‚ प्रदेश र सङ्घले कार्य गरेको हुन्छ । जिल्ला समन्वय समिति गहनाको रुपमा रहेको छ ‚ तर पनि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जुन कार्य गरेको छ सो सकारात्मक हो त्यसैले जिल्ला समन्वय प्रमुख दीपक कुमार गौतम लाई धन्यवाद दिनुभयो । मुलुकमा रहेको मेनपावर ,जनशक्ति अत्यन्त कमजोर रहेको छ । किनकि विकास निर्माणमा छुट्याएको बजेट कार्यान्वयन गर्न सकेको छैन । जसले गर्दा जटिल समस्या रहको छ । बाँस्कोटाले भन्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले थप्नुभयो —पछिल्लो समयमा छुद्र राजनीतिक संस्कारको विकास भएको छ यदि सङ्घीयतालाई टिकाउने हो भने त्यसको अन्त्य हुन जरुरी रहन्छ । सिस्टममा तीन तहको सरकार रहेको छ ‚ सो विषयमा नागरिकलाई बुझाउन जरुरी रहन्छ । विकास निर्माणमा बजेट निर्धारण गर्दा सङ्घ ‚ प्रदेश र स्थानीयको भूमिकाको बारेमा प्रस्ट नहुँदा समस्या आएको छ ।

    स्थानीय तहले कस्तो प्रकारको बजेट छुट्याउने त्यसैगरी प्रदेश र सङ्घले कुन क्षेत्र समेट्ने भन्ने विषय प्रस्ट हुन जरुरी रहन्छ । स्थानीय तहले वडाको टोलटोलमा बजेट विनियोजन गर्यो भन्दैमा सङ्घको तफर्बाट पनि सोही तरिकाको बजेटको अपेक्षा गर्नु सकारात्मक हैन । “हामी चुनाव जितेर सांसद भएका हौं‚ ज्ञान प्राप्त गरेर राजनीतिक शास्त्रमा पिएचडी गरेर राजनीतिमा आएको हैन ।” त्यसैले काठमाडौँ विश्वविद्यालयले जनप्रतिनिधिहरूलाई एकै ठाउमा राखेर राजनीति शिक्षा दिदा राम्रो हुन्छ ।

    बजेटको विषयमा जता पनि असन्तुष्टि भएको पाइन्छ कुनै एक दाउमा बजेट राखेमा अर्को ठाउकोले अर्कोचोटि भोट कसरी माग्दो रहेछ भन्ने समेतको टिप्पणी भएको छ । “सिस्टम भोटको रोजेछि भोट माग्न एउटा नआए अर्को आउँछ ‚ भोट त हाल्नै पर्छ नागरिकले ठूला कुरा गरेर हुदैन नागरिकले ।” एकले अर्कोलाई नागरिकलाई उचालेर उपलब्धिलाई पनि ओझेलमा पार्ने र असन्तुष्टि मात्रै चर्कने कार्य भएको छ । प्रमुख अतिथि बाँस्कोटाले भन्नुभयो ।

    कार्यक्रमको विशेष अतिथि बाथमती प्रदेश सभा सांसद रत्न प्रसाद ढकालले स्थानीय तहले बजेट तथा नीति कार्यक्रम बनाउंदा उत्पादन मुखि बनाउनु पर्ने बताउनु भयो । उहँले थप्नुभयो —स्थानीय सहित तीनै तहका सरकारले गरेको विकास निर्माणको उपभोग गर्ने जनताको अभाव भएको छ । गाउंगाउंमा विकास निर्माण गर्ने क्रममा निर्माण भएका अस्पताल तथा विद्यालयहरु खाली हुने अवस्थामा रहेको छ । तीनै तहका सरकारले गरेको विकास निर्माणको कार्यलाई सहि ढंगले कार्यान्वयन गरिएन भने थप समस्या आउन सक्छ । स्थानीय तहमा असार १० सम्म बजेट ‚ नीति तथा कार्यक्रम बनाउनु पर्नेहुन्छ सो कार्य गर्दा उत्पादनलाई बढाउने साथै जनताको जिवनस्तर उकास्ने ढंगको वनाउनु पर्छ । भद्रगोल अवस्थाको बजेट बनाउने कार्यको अन्त्य गर्दै दिर्घकालिन ढंगको बजेट वनाउनु पर्छ । प्रदेश सांसद ढकालले भन्नुभयो ।

    कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले पालिकाको विकास गर्न सक्षम रहेको वताउनु भयो । नेपालमा रहेका नांगा डाँडाहरुमा वुक्षारोपन गरेर दिर्घकालिन आम्दानिको स्रोत बनाउन सकिने बताउनु भयो । उहाँले थप्नुभयो —पाँचखालमा उत्पादन भएको तरकारीमा विषादी छ भनेर दुस्प्रचार भएको थियो । सो विषयलाई लिएर मसिनो डंगबाट अध्ययन गर्दै विषादी रहित तरकारी उत्पादनको अभियानमा लवग्रीन नेपाल र पाँचखाल एकसाथ अगाडि बढ्दा हाल आएर पाँचखालमा उत्पादन भएको तरकारी सेमि अर्गानिकको रुपमा प्रमाणित भएको छ । पाँचखाल लगायत काभेरे जिल्लामा उप्तादन भएको ताजा तरकारीले बजार पाउन अझै समस्या छ । गुणस्तरिय तरकारी उत्पादन गर्ने कृषकलाई धनि पार्ने हो भने भारतबाट आयातित तरकारीलाई रोक लगाउनु पर्छ । मेयर खरेलले भन्नुभयो ।

    जिल्ला समन्वय समिति काभ्रेपलाचेकका प्रमुख दीपक गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति डा.अच्युत प्रसाद वाग्ले ‚ बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य गुणराज मोक्तान ‚ काभ्रेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ‚ नेपाल पत्रकार महाँसंघ काभ्रेपलाञ्चोकका कार्यबाहक अध्ययक्ष कपिल कोईराला लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    जिल्ला समन्वय कार्यालय प्रमुख शिवप्रसाद हुमेगाईले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख रिम वहादुर तामाङले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिस.स. कार्यालय काभ्रेपलाञ्चोकमा लामो समय सम्म कार्य गरी सेवा निवृत्त हुनुभएका विमला परियार र ओमकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी काभ्रेपलाञ्चोकमा १३ वटै पालिका छुटा छुट्टै विधामा सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार