२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

काभ्रेपलान्चोकमा दुर्लभ करोडौँ बन्यजन्तुको संरक्षण‚ रैथाने वाली उत्पादन गर्ने कृषकलाई अनुदानको व्यवस्था 


७१५१ पाठक संख्या
  • २०८२ अषाढ ६, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउपालिका जडिबुटी तथा रैथाने बालिको हव को रुपमा विकास हुँदै छ ।

    ६० प्रतिशत सामुदायिक वनक्षेत्रले ढाकिएको उक्त गाउँपालिकामा रहेको ४८ वटा सामुदायिक बनमा वातावरण सुहाउँदो ढङ्गको जडिबुटी जन्य बिरुवाहरूको वृक्षारोपण गरी जडिबुटी तथा कृषि प्रशोधन केन्द्रको समेत व्यवस्था गरिने भएको छ ।
    गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलका अनुसार गाउँपालिकाको दीर्घकालिक ढङ्गको आन्तरिक आयस्रोतको व्यवस्थाले पालिका वासिहरुको हित हुन्छ । हाल गिटी बालुवाबाट आन्तरिक आम्दानीको स्रोत राम्रो छ तर सो स्रोत दीर्घकालीन ढङ्गको हैन । दीर्घकालीन ढङ्गको स्रोत व्यवस्थापन अभियानको लागि विगतमा अस्ट्रेलियन बन परियोजनाले रोपेको सल्ला जातका रूखहरू हटाउने वेला भएको छ । सो रुखहरु लाई हटाएर पालिकाको वातावरण मैत्री साथै बहुउपयोग जातको जडिबुटी जन्य बिरुवाहरूको वृक्षारोपण गर्ने तयारी हुदैछ ।

    विगत वर्षहरूमा भुम्लुमा रहेको ४८ सामुदायिक बन मध्य ७५ प्रतिशत जङ्गलमा आगलागी हुने गरेको थियो । जसका कारण जङ्गलमा रहेका रैथाने जातका तिरुवाहरू साथै जडिबुटी जन्य बोटबिरुवाहरू नष्ट भएका थिए । आगलागीको जटिल समस्यालाई मध्यनजर राख्दै पालिकाले आगलागी नियन्त्रणमा प्रयास गरेको थियो । पालिकाको प्रयासमा डँडेलो मुक्त पालिका घोषणा गर्न सफल भएको थियो । पालिकाको सो कार्यको मुल्यांकन गर्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सम्मान गरेको थियो । डडेलो मुक्त भएपछि सामुदायिक बनमा करोडौँ जिवजन्तुको संरक्षण भएको छ । दुर्लभ सालक तथा करोडौँ कालिज ‚ दुम्सी तथा बँदेलको संरक्षण भएको छ ।

    विगत वर्षहरूमा जङ्गलमा आगलागी हुँदा बन्यजन्तु सखाप भएका थिए भने जङ्गलमा बस्ने वातावरण नभएपछि खेतबारीमा आएर कृषकले लगाएको बालिनाली नष्ट हुनेगरेको थियो । पछिल्लो समयमा आगलागी मुक्त भएपछि बन्यजन्तुले बनमै खाने बस्ने वातावरण मिलेपछि कृषकले लगाएको खेतीमा दुख नदिएको कृषकहरूको भनाई रहेको छ । आगलागीको कारण प्रदुषण बाटै निकै समस्या झेल्दै गरेका जेष्ट नागरिक ‚ बालबालिका ‚ गर्भवती महिला लगायतमा समस्या भएकोमा आगलागी मुक्त भएपछि प्रदुषण मुक्त हुँदा समस्याबाट छुट्कारा मिलेको छ ।

    अध्यक्ष भुजेल संगको भेटमा उहाँले थप्नुभयो—भुम्लु गाउँपालिकामा रहेको व्यक्तिको जमिनहरू बाँझो रहन नदिनको लागि साथै कृषकहरूलाई प्रोत्साहन गर्दै रैथाने बालिको संरक्षण गर्ने उद्देश्यले कोदो र फापर उत्पादन गर्ने कृषकहरूलाई प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था मिलाएका छौं । जुन व्यवस्थाले गर्दा रैथाने बालिको संरक्षणमा टेवा मिलेको छ । विगतको बर्षको तुलनामा पछिल्लो समयमा उत्पादनहरु अत्याधिक रहेको छ जसले गर्दा कोदो तथा फापरको लागि भूम्लु गाउँपालिका हवको रुपमा रहने छ । कृषकले उत्पादन गरेको तरकारी भण्डारणको लागि कोल्ड स्टोरको व्यवस्था गरेका छौं ।

    आम तरकारीका उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भुम्लु गाउँपालिकामा उत्पादन हुने तरकारीमा बिषादी रहित उत्पादन गर्ने उद्देश्यले जैविक मल तथा बिषादी प्रयोग गर्ने व्यवस्था गरिएको छ । पालिकामा संकलित फोहोर मैला बाट फर्टिलाईजर उत्पादन गर्ने र सोको प्रयोगले गर्दा युरीया मल प्रयोग गर्नु नपर्ने व्यवस्था मिलाएका छौं । रैथाने वालिको संरक्षण ‚ जडिबुटी उत्पादन तथा प्रशोधन साथै जैविक उत्पादन पालिकाको भविश्य हो । अध्यक्ष भुजेलले भन्नुभयो ।

    भुम्लु गाउंपालिकाले स्वास्थ्यमा ठुलो फड्को मारेको छ । पालिकावासिको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिदै पालिका वासिलाई २५२ प्रकारका औषधिहरु नि:शुल्क रुपमा उपलब्ध गराएको छ । स्वास्थ्यमा योग शिक्षालाई महत्व दिदै योग शिक्षाको व्यवस्था गर्दै ७५३ स्थानीय तहमध्यकै पहिलो कार्यको सुरुवात गरेको छ । पालिकाले ५ करोड बजेटको व्यवस्था गर्दै योग ‚ खेलकुद र नृत्य सहितको अतिरिक्त क्रियाकलाप गरेको समेत व्यवस्था गरेको छ । कक्षा ८ देखि माथि अध्ययन गर्ने विद्यार्थीहरुलाई योग शिक्षाको व्यवस्था गरिएको छ । पालिकाले योग शिक्षाको सुरुवात गरेसंगै योग प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा पहिलो हुन सफल साजन जिसि राष्ट्रिय स्तरको योग प्रतियोगितामा तेस्रो र अन्तराष्ट्रिय स्तरको पतियोगितामा पाँचौ हुन सफल भएका थिए । जसको कारण भुम्लु गाउँपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउन सफल भएको थियो ।

    त्यसैगरि पालिकाले आधुनिक गुणस्तरिय व्यवहारिक शिक्षा २१ अैंा सताव्दिको आवश्यकता महसुस गर्दै प्राईमरी तहवाट अंग्रेजि माध्मबाट पठन पाठनको सुरुवात गरेको छ । २१ जना शिक्षिकाहरु नियुक्त गरि आधुनिक शिक्षा प्रदान गरिदै छ । प्रत्तेक महिनाको २८ गते सामुदायिक विद्यालयका प्रअहरु समेतको सहभागितामा शिक्षा समितिको घुम्ती बैठक बस्दै शिक्षामा आमुल सुधरको लागि नीति बनाउने कार्य हुँदै आएको छ । विद्यार्थीहरुमा प्रतिस्पधौ साथै हौसला प्रदानको लागि एस.इइ परिक्षामा उत्कृष्ट अंङ्क हासिल गर्ने छात्रा एक र छात्र एक लाई नगद १ लाख सहित पुरस्कृतको व्यवस्था गरेको छ । त्यसैगरी विषयगत शिक्षक ‚ सम्बन्धित विद्यालय र विव्यस लाई समेत प्रोत्साहनको व्यवस्थाले भुम्लु गाउँपालिकामा शिक्षामा आमुल परिवर्तन भएको छ ।

    यस्तो भन्नुहुन्छ भुम्लु गाउंपालिका अध्यक्ष भुजेल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार