२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखालमा आइ.पि.एम तरकारी बजारको उद्‌घाटन ‚ हाट बजारको लागि बजेटको व्यवस्था गर्छु—खरेल 


१५४४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा आइ.पि.एम प्रविधिबाट उत्पादन भएको कृषि उपज सङ्कलन तथा बजार केन्द्रको जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकीको प्रमुख आतिथ्यतामा आज (शुक्रबार) उद्‌घाटन भएको छ ।

    तरकारी बजारको उद्‌घाटन गर्दै प्रमुख अतिथि माचुजाकी मिजुकीले भन्नुभयो—जाइकाले नेपालमा सन् १९७८ देखि जाइका नेपाल कार्यालय सञ्चालनमा आएको थियो । कार्यालयको सुरुवातसँगै यातायात ‚ उर्जा ‚ खानेपानी ‚ सरसफाइ ‚ स्वास्थ्य ‚ शिक्षा ‚ जलवायु परिवर्तन ‚ शान्ति स्थापना ‚ कानुन ‚ सुशासन ‚ कृषि लगायतको क्षेत्रमा कार्य गर्दै आएको छ । त्यसैगरी जाईकाले कर्जा लगानी ‚ अनुदान सहायता ‚ स्वयंसेवक परिचालन ‚ विभिन्न प्रकारको प्राविधिक सहयोग साथै साझेदारी कार्यक्रमहरू गर्दै आएका छौँ ।

    जाइकाको साझेदारी कार्यक्रम अन्तरगत लव ग्रीन नेपालले सञ्चालन गरेको परियोजनाले लक्षित जिल्लाका धेरै कृषकसँग लामो सहकार्य गरी महत्वपूर्ण कार्य गर्न सफल भएको छ । लव ग्रीन नेपालसँग सहकार्य गर्दै पहाडी जिल्लाहरूमा वातावरण मैत्री एवं एकीकृत दिगो कृषि विकासको लागि कृषकहरूलाई सहयोग गर्दै आएको छ । पाँचखाल नगरमा आइ.पि.एम प्रविधिबाट कृषि प्रविधिको विस्तारमा लव ग्रीन नेपालको भूमिका निरन्तर रहेको छ । कृषक तथा ताजा तरकारी उपभोक्तामा जनचेतना प्रदान गर्नु नै पाँचखाल कृषकले उत्पादन गर्ने तरकारी आइ.पि.एम मय हुनु हो । प्रमुख अतिथि मिजुकीले बताउनु भयो ।

    कार्यक्रममा लव ग्रीन नेपालको अध्यक्ष अमिरा दलीले लव ग्रीन नेपालले विगत ३४ बर्ष देखि शिक्षा ‚ स्वास्थ्य ‚ हरियाली विस्तार ‚ पशु ‚ कृषि ‚ खानेपानी‚ पूर्वाधार निर्माण गलायतको क्षेत्रमा कार्य गर्दै आएको बताउनु भयो । सन २०१७ देखि पाँचखालमा स्वच्छ कृषि उत्पादनको लागि जाइकाले सघाउंदै आएको छ । पाँचखालमा उत्पादन हुने ताजा तरकारीमा आइ.पि.एम प्रविधि आवश्यकता महसुस गर्दै विगत ३ वर्षदेखि निरन्तर अगाडि बढियो । पाँचखाल नगरपालिकासँग सहकार्य गर्दै आइ.पि.एम तरकारी उत्पादन तथा बजारिकरण परियोजनाको सुरुवात भएको हो । अध्यक्ष दलीले भन्नुभयो ।

    कार्यक्रममा अध्यक्ष दलीले थप्नुभयो –आइ.पि.एम तरकारी उत्पादन तथा बजारिकरण परियोजना जापान सरकार अन्तरगत जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा लव ग्रीन जापान माफर्त लव ग्रीन नेपाल द्वारा सञ्चालन भएको हो । जुन परियोजनाबाट पाँचखालका कृषकहरूले आइ.पि.एम मय तरिका अँगालेका छन् ।

    लव ग्रीन नेपालका कर्मचारीहरू पाँचखालको कृषकको खेतबारीमा खटिएर काम गर्दै छन् । हाम्रो कर्मचारीहरू कृषकको अभिन्न मित्रको रुपमा रहेका छन् । हाम्रो परियोजनालाई पाँचखाल वासि नागरिकहरू पाँचखालका सम्पूर्ण जनप्रतिनिधिहरूले साथ र सहयोग गर्दा परियोजना सुफल भएको छ ‚ जसको कारण पाँचखालमा उत्पादन हुने ताजा तरकारी आइ.पि.एम मय बनेको छ ।

    कार्यक्रमको सभापति एवं पाँचखाल नगरको मेयर महेश खरेलले उद्‌घाटन कार्यक्रमको समापन गर्दै भन्नुभयो —विगत एक दशक अगाडि पाँचखालमा उत्पादन भएको ताजा तरकारीको बारेमा दुस्प्रचार गर्दै दाग लगाउने कार्य भएको थियो सो दागलाई राम्रोसंग मेटाउन सफल भएका छौं । पाँचखालका कृषकहरु आइ.पि.एम प्रविधिबाट तरकारी उत्पादनमा हौसिएका छन् । कृषक पाठशालाबाट आई.पि.एमको बारेमा शिकेका १२ सय अगुवा कृषक आइ.पि.एम तरिकाको खेतिको गालि गुरुका रुपमा भूमिका खेल्दैछन् । ताजा तरकारीको उपभोक्ताहरुको स्वाथ्यलाई मध्यनजर राख्दै पाँचखालमा बिषाधी रहित तरकारी उत्पादन गर्दै विगमा पाँचखालको वारेमा लागेको दाग मेटाउने सफल भएको छौं । कृषि ज्ञान केन्द्र तथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले पाँचखालमा उत्पादन हुने विभिन्न जातका तरकारीहरु परिक्षण गर्दै बिषादी रहित प्रमाणित भएको छ ।

    कृषकले उत्पादन गरेको ताजा तरकारीहरु सुरक्षीत राख्न कोल्ड स्टोरको अवश्यक रहेको छ । सो कार्यको लागि जाईकासंग हातेमालो गर्दै अगाडि बढ्छौं । कृषि उपजहरु उत्पादनमा जापानको उच्च प्रविधिहरु पाँचखालमा ल्याउनको लागि प्रमुख अतिथि समक्ष पाँचखाल मेयर खरेलले अनुरोध गर्नुभयो । कृषि पेसामा नैतिकता कायम राख्दा कृषकको कमाई राम्रो हुन्छ । पाँचखालमा उत्पादन भएको बिषादी रहित तरकारीहरुलाई प्राथमिकता दिदै हाटबजार सञ्चालनको लागि बजेटको व्यवस्था गर्छौ । मेयर खरेलले थप्नुभयो ।

    पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङले स्वागत मन्तव्य राखि सुरुभएको उक्त कार्यक्रममा पाँचखाल गरका कृषि शाखा प्रमुख हेमन्त पौडेलद्वारा संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा धोत्रा आइ.पि.एम कृषक समुहका अगुवा कृषक चन्द्र वहादुर दनुवारले ताजा तरकारी र बजारको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार