काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा घर विहीन विपन्न परिवारलाई सुरक्षित घर निर्माण गरि एक कार्यक्रमको बिचमा हस्तान्तरण गरिएको छ ।
आइतबार सम्पन्न उक्त सुरक्षित आवास कार्यक्रम अन्तरगत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टको प्रमुख आतिथ्यता तथा काभ्रेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको विषेश आतिथ्यतामा १५ विपन्न परिवारलाई घर निर्माण सम्पन्न प्रमाणपत्र सहित घर हस्तान्तर गरिएको हो ।
शान्ति जन आदर्श सेवा केन्द्रको समन्वयमा पाँचखाल नगरपालिकाको तफर्बाट ४० प्रतिशत (४५ लाख) र ह्याविट्याट फर ह्युम्यनिटि तफर्बाट ६० प्रतिशत र सम्बन्धित घरधनीको तफर्बाट श्रमदान गरि निर्माण सम्पन्न भएको १५ घर हस्तान्तरण गरेको थियो । सो घरहरू निर्माणको लागि १ करोड ३७ लाख ७० हजार ३८१ खर्च भएको र निर्माणाधीन ४ घरहरुको खर्चको विवरण आउन बाँकी रहेको छ । निर्माणधीन अवस्थामा रहेको ४ निर्माण सम्पन्न भएपछि पुन हस्तान्तरण हुने भएको छ ।
पाँचखाल नगरका मेयर महेश खरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शान्ति जनआदर्श शेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले पाँचखालका मेयर महेश खरेलका कारण पाँचखालका घर विहीन पाँचखाल वासिले शुरक्षीत घरमा बस्न पाएको बताउनु भयो । उहाँले थप्नुभयो— ह्याविट्याट फर ह्युम्यनिटि नेपालका समाज गुरुङ्ग सहित शान्ति जनआदर्स सेवा केन्द्रका टिमले पाँचखालका घर विहीन विपन्नको घर बनाउने प्रस्ताव गर्दै गर्दा मेयर खरेलले ४० (४५ लाख) प्रतिशत लगानी गरेर घर बनाउने विषयमा तत्काल सहमति अपनाउनू भयो जसको परिणाम १९ घरबार विहीनले सुरक्षित घरमा बस्न पाउने अवसर जुट्यो ।
कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले घर विहीन हरेक विपन्न परिवारको ‚ हरेक आमाको सपना नै एउटा पक्की हुने बताउनु भयो । सुरक्षित घरमा बस्न पाउने ति घरबार विहीन विपन्न आमाहरू अधुरो सपना पुरा भएकोमा खुसी व्यक्त गर्दै बधाई दिनुभयो । विपन्नमा परि घर बनाउन नसक्ने विपन्न नगरवासीको घर बन्छ भने नगरको अन्य शीर्षकको बजेट काटेर भएपनि त्यसको लागि बजेट व्यवस्थापन गर्ने बताउनु भयो । १९ वटा बाहेक अरु ४५ घर वनाउनु पर्ने अवस्था छ ‚ जुन घरहरू बनाउन साथ सहयोग र सहकार्यको लागि अनुरोध गर्नुभयो ।
पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख दिनेश प्रसाद भट्ट ‚ काभ्रेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ‚ ह्याविट्याट फर ह्युम्यनिटि राष्ट्रिय निर्देशक एलिजा स्थापित लगायतले विपदको सामना र सहयोगको बारेमा चर्चा गर्दै विपन्न परिवारको साथको लागि पाँचखाल नगरको भूमिका अव्वल रहेको भन्दै चर्चा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस