२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

लागुपदार्थ सेवन गर्ने चालकहरुलाइ प्रहरीले झ्याप


७४११ पाठक संख्या
  • २०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा वडा नं १४ अरनिको राजमार्ग खण्ड साँगामा मापसे चेकजाँच गर्ने क्रममा लागुपदार्थ सेवन गरि सवारी साधन चलाउने ९ जनालाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा इलाका प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ ।

    आज (मंगलवार) दिउसो ११ः३५ बजे देखी १४ः३० बजे सम्म (तीन घण्टा) नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, इलाका प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपा , जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपा र बनेपामा रहेको शिर मेमोरियल अस्पतालबाट खटिएको चिकित्सक समेतको संयुक्त टोलीले बिभिन्न यात्रुबाहक सवारी साधनका ४० जना चालकहरुलाइ म्च्ग्न्क् प्क्ष्त्क् को माध्यमबाट पिसाव परीक्षण गर्ने क्रममा निम्न ९ जना चालकहरुको म्च्ग्न्क् प्क्ष्त्क् मा पोजेटिभ देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन ५ ( पाँच ) म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लागुपदार्थ परिक्षण गर्दा पोजेटिभ देखिएकाहरुमा जिल्ला धादिङ धुनिबेसी गाउंपालिका वडा नं ९ बस्ने बर्ष ३२ को सुनिल तामाङ (बा.प्र.०१–००६ ख ७५१७ नंको महानगर यातायात बसको चालक) , मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं ६ बस्ने लोक बर्ष २८ को पुष्कल श्रेष्ठ (बा.प्र.०१–००६ ख ७५२१ नंवरको महानगर यातयात बसको चालक) , धादिङ जिल्ला गजुरी गाउंपालिका वडा नं ४ बस्ने बर्ष २४ को मदन भुजेल (बा.५ ख ७५३८ नंवरको माहानगर यातयातको बस चालक) , काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउंपालिका वडा नं ७ बस्ने बर्ष ३७ को कुमार पराजुली (बा २ ख १९२१ नंवरको काभ्रे पुण्यमाता बस समितिको वस चालक) , काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को सञ्जय मानन्धर (बा ५ ख २६३९ नंवरको काभ्रे पुण्यमाता बस समिति को वस चालक , चितवन जिल्ला राप्ती नगरपालिका वडा नं.१२ बस्ने बर्ष ३२ को सुरेश वि.क. (बा.प्र.०१ –००६ ख ७५२५ नंवरको महानगर यातायात बसको चालक), बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं.१० बस्ने बर्ष ३० महेश चौधरी (बा ५ ख ४४३२ नंवरको मयुर यातयात बसको चालक), मकवानपुर जिल्ला चुरेमाइ गाउंपालिका वडा नं २ बस्ने बर्ष ३५ को प्रदिप कुइकेल (बा ५ ख ५३९९ नंवरको मयुर यातयात बसको चालक) र रामेछाप जिल्ला खाडादेवी गाउंपालिका वडा नं १ बस्ने बर्ष २६ को केदार माझी (बा ४ ख १०७ नंवरको महानगर यातयात बसको चालक) रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार