काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ७ र ८ का ४३१ जग्गाधनीले पर्खाइको पाँच दशकपछि लालपुर्जा प्राप्त गरेका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा नम्बर ७ का १८५ र वडा नम्बर ८ का २४६ गरी कुल ४३१ जग्गाधनीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको हो ।
साविक फलाटे र भुम्लुटार गाविस (हाल वडा नम्बर ७ र ८) मा विसं २०३२/३३ सालमै नापजाँच सम्पन्न भए पनि तत्कालीन पिपलटार गाउँ पञ्चायतसँगको सिमाना विवादका कारण लामो समयसम्म प्रमाणपूर्जा वितरण हुन सकेको थिएन । समस्या समाधानका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले २०७१ जेठ २५ गतेदेखि पुनः नापी टोली परिचालन गरी कार्य अगाडि बढाएको थियो ।
लालपुर्जा वितरण समारोहमा मन्त्री अधिकारीले दशौं वर्षदेखि प्रमाणपूर्जाविहीन भएका नागरिकलाई आज लालपुर्जा उपलब्ध गराउन पाउनु सरकारको प्राथमिकतापूर्ण कामको प्रतिफल भएको बताए । उनले मुलुकलाई सुखी र समृद्ध बनाउन सरकारले जनताका पीडा र समस्या समाधानलाई पहिलो प्राथमिकता दिइरहेको समेत उल्लेख गरे ।
यसैबीच बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले लालपुर्जा नहुँदा स्थानीय नागरिकले समस्या ब्यहोर्नु परेको बताउँदै आफूहरुले स्थानीय देखि मन्त्रालयसम्म धेरै पटक हार गुहार गरेको र आज यो काम गर्न सफल भएको दावी गरे ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले आफ्नो पालिकाको पुर्जा बिहिन जनतालाइ पुर्जा बितरण गर्न पाउँदा खुशी आफूलाई निक्कै खुशी भएकाे बताए । अध्यक्ष भुजेलले पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत यो कार्यमा आफुलाइ धेरै सहयोग स्मरण गर्दै पहिलो चरणमा वडा न ७ र ८ का जग्गाधनीलाई पुर्जा वितरण गर्न सफल भएकाेमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
पालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले पनि खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । उनले कार्यको कामै नगर्नेले फेसबुकमा प्रचार गरि जस लिन खोजेको बताउँदै फोटो खिच्ने र जस लिन खोज्नेलाइ कार्यक्रममा समेत नबोलाएको बताए ।
प्रतिक्रिया दिनुहोस