
गजल
न्यायको आवाजमा गर्जना,
गरिन्छ क्रान्ति।
हिम्मतको भित्री ज्वालामा
त,जागिन्छ क्रान्ति।
भीडभित्र एक्लो आँखा,
झल्किन्छ जब आँसु,
त्यसमा नै साहस बटुली,
बोलिन्छ क्रान्ति।
भुइँचालो आउँछ जब,
चुप बस्न सकिन्न,
यस्तो शासकको सिहांसन,
लडिन्छ क्रान्ति।
रक्तले लेखिन्छ जब,
परिर्वतन इतिहास,
घाउ भित्र हाँसो सजाएर,
नापिन्छ क्रान्ति।
“प्रभात”को कलम अब,
बन्द हुदैन साथी,
हर अक्षरमा शंख जस्तै,
गुञ्जिन्छ क्रान्ति।
एवाइ प्रभात धनकुटा
प्रतिक्रिया दिनुहोस