काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ दुलालथोकमा रहेको आधारभूत अस्पतालमा भोलि असोज ८ गतेदेखि स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र (क्भचखष्अभ ऋभलतभच) सञ्चालनमा आउने भएको छ ।
आज (मंगलवार) बीमाको प्रथम सेवा केन्द्र सञ्चालनको लागि आवश्यक तयारी पुर्ण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो —पाँचखाल र आसपासका नागरिकले सहज ढंगबाट उपचार गर्न पाउन भन्ने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र लाई आधारभुत अस्पताल बनाएर अगाडि बढेका छौं ।
बीमाको प्रथम सेवा केन्द्र सञ्चालन गर्ने विषयमा पाँचखाल स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले भन्नुभयो—भोलि असोज ८ गतेबाट विमाको कार्य सुरुगर्ने छौं । त्यसैगरि असोज १० गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभुत अस्पतालको रुपमा अगागि बढाउने छौं । सो कार्यको लागि आवश्यक जनशक्ति साथै भौतिक संरचनाको व्यवस्था गरेका छौं ।
स्वास्थ्य बीमा बोर्डको सहकार्यमा स्थापना गरिएको उक्त सेवा केन्द्रबाट स्थानीय बासिन्दाले बीमा कार्यक्रमअन्तर्गतका स्वास्थ्य सेवा लिन सक्नेछन् । यससँगै बीमित नागरिकले सहज रूपमा उपचार सुविधा पाउने र सेवाप्राप्तिमा लाग्ने समय तथा खर्च कम हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले आधारभूत अस्पताललाई सेवा केन्द्रको रूपमा सञ्चालनमा ल्याएपछि पाँचखालका बासिन्दा मात्र नभई वरपरका क्षेत्रका नागरिकले पनि सुविधा पाउनेछन् । यसले बीमित जनतालाई अस्पतालमै प्राथमिक स्वास्थ्य परीक्षणदेखि आवश्यक उपचार सेवासम्म एकै स्थानबाट उपलब्ध गराउने र नागरिकलाई स्वास्थ्य सेवामा थप पहुँच दिलाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस