२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पहिरोमा परी दुई बालिका बेपत्ता


७२०३ पाठक संख्या
  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ८ असोज, काभ्रेपलाञ्चोक। सिन्धुपाल्चोकको बलेफी गाउपालिका-१ जलबिरेको बलेफी ढाडे भित्री सड्कखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएकी छिन् ।

    सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावलले जानकारी दिए।

    उनका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका छन् । उनीहरू चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका थिए ।

    सडकमाथि भिरबाट लेदोसहितको आएको पहिरोमा परेर बुधबार दिउसो ४:४५ बजे बेपत्ता भएको प्रहरीको भनाइ छ ।

    जलवीरे सडकभन्दा तल ब्रह्मायणी नदी भएकोले नदीले बगाएको हुन सक्‍ने भन्‍दै खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

    खोजीका लागि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार