२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक


४५२५ पाठक संख्या
  • २०८२ आश्विन १८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • १८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् । आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक राखिएको हो ।

    सो बैठकमा सडक सुरक्षा र सम्भावित विपदबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

    अहिले परिरहेको पानीको मात्रा र पानी पर्ने क्षेत्र थप बढ्ने सम्भावना भएकाले बाढी, पहिरो, डुबान लगायतका समस्या सिर्जना हुनसक्ने आशंका छ ।

    सरकारले यसको सामना गर्न जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो जाने स्थान नजिक पहिरो हटाउने मेसिन उपकरणहरु तयारी अवस्थामा राख्ने, अत्यावश्यक काममा बाहेक यात्रामा रोक लगाउने लागायतका निर्णय गरेको छ । सरकारले गरेका ती निर्णयको कार्यान्वयनको अवस्थाबारे मन्त्री घिसिङले विभागीय प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार