पछिल्लो २१ औं शताव्दिमा आएर मानिसहरुमा लोभलालचा ह्वात्तै बढ्यो पाप र धर्म के हो भनेर छुट्याउन सक्ने क्षमतामा ह्रास आयो । जसको कारण प्रकृतिलाई जित्न सक्छु भन्ने ढंगको आडम्बरका साथ सार्वजनिक सम्पक्तिमा गिद्धे नजर लाग्यो । खोला छेउछाउ , सामुदायिक बन , विद्यालयको हाता छेउछाउ विस्तार हत्याउने कार्य बढ्दै गयो । त्यस्ता स्थानमा घर टहरा निर्माणमा हतारिय । घर टहरा निर्माण हुंदा कसैले हटाउन नसक्ने भन्ने सोचका साथ अगाडि बढ्दा एक पछि अर्को गर्दै समस्याहरु थपिदै गए । पछिल्लो दशकमा बर्षात केहि कम हुदै गयो । यसैलाई मौकाको रुपमा लिदै सार्वजनिक सम्पत्तिको असुरक्षीत स्थनमा बसोवास गर्न सुरुभयो ।
गतबर्ष देखि बर्षात राम्रो हुन थालेको छ । अविरल वर्षा हुनु केही दिनअघि नै पूर्वजानकारी दिदा समेत खासै चासो नदिदा मानविय क्षती भयो । बर्षातको कारण मानविय क्षती नहोस भन्ने उद्देश्यले सरकारको तर्फवाट निकै पहलहरु नगरेको हैन । सरकारले निकै पहल गर्दा गर्दै पनि मानविय क्षती त भयो तर विगतको जस्तो ठुलो जनधनको क्षती हुन पाएन । सम्बद्ध निकायले असोज १७ गतेदेखि तीन दिन अति आवश्यक नपरी यात्रा नगर्न निर्देशन दिएको थियो । मानिसको जबरजस्तीपनले केहि समस्या नभएको हैन । सम्बद्ध निकायले पूर्वतयारी र सुरक्षा व्यवस्थापनमा प्रभावकारी काम गरेका कारण कतिपय अनिष्ट घटनाभने हुन पाएन । तरपनि कतिपय बर्सौंदेखिका गलत कार्यले गर्दा विपत् निम्त्याएको छ । खास गरी काठमाडौँ उपत्यकाका नदी र खोला साँघुरो पार्ने उकाम पछिल्लो दशकयता धेरै भयो ।
विगत बर्षमा पनि मुलुकको बिभिन्न स्थानमा खोला साँघुरो भएकै कारण समस्या आएको थियो । यो बर्ष असोज १७ गतेको मध्यरातदेखि जारी वर्षाका कारण काठमाडौँ, भक्तपुर र ललितपुरका धेरै बस्ती डुबानमा परे । बागमती, मनोहरा, विष्णुमती, हनुमन्ते लगायतका मुलुकका विभिन्न नदी, खोलाको धार बस्तीमा पस्यो । यसले नदी, खोला बस्तीमा पसेको हो वा बस्तीले नदी, खोला अतिक्रमण ? सोचनिय विषय बनेको छ ।
यसरी देसैभरमा नदी र खोला किनार बनजंगल , चरिचरण , मठ मन्दिरको जग्गा अतिक्रमणको विषय त्यति नौलो हैन । राजनीतिक शक्तिको आडमा अतिक्रमण हुने क्रम नवढेको हैन । काठमाडौको बागमती नदीको बहाब क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाब क्षेत्र २० मिटर हुनुपर्ने कानुनी प्रावधान रहेको छ । काठमाडौँ उपत्यकाको पानीको स्रोत जोगाउन र नदी, खोलालाई आफ्नो बहाब क्षेत्रमा बग्न दिनको लागि बागमती नदीको बहाब क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाब क्षेत्र २० मिटर हुनुपर्ने हुन्छ । यति हुदा हुदैपनि खोलाकै किनारमा अतिक्रमण भने रोकिएको छैन । खोला, नदी किनार मिचेर घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेज निर्माणले व्यापकता पाइरहेकै छ । त्यस्ता संरचनाहरुमा गत बर्ष र यस बर्ष पनि बाढीले जलमग्न भए ।
अविरल बर्षत पनि विपतको एक रुप हो । यसबाट ढुवाउने , बगाउने , पहिरो जाने जस्ता विपत निम्तन सक्छ । यस्तो समस्याबाट जोगिनको लागि पहिलोत सुरक्षीत बसोवास हो भने दोस्रोमा खोलालाई बग्नको लागि अवरोध पुर्याउनु हुदैन । खोलाको क्षेत्रमा अतिक्रमण गरि वार बन्देज गर्दा बग्ने ठाउं नहुदा बस्तिमा पसेको हो । सडक निर्माण तथा वस्ति बसाउने क्रममा संभाव्यत खतरा मुक्त स्थानको पहिचान जरुरी रहन्छ । कमजोर भूभागमा निर्माण कार्य गर्दा दुर्घटना निम्तनु नौलो हैन । त्यसैले बर्षातको कारणले दुर्घटना निम्त्याउनबाट जोगाउनको लागि सुरक्षित ढंगको निर्माण साथै अतिक्रमणलाई रोक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस