२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

मन्त्रिपरिषद् बैठकका सात प्रमुख निर्णय सार्वजनिक, प्रहरी नेतृत्वदेखि प्रदेश प्रमुखसम्म परिवर्तन


४३९५ पाठक संख्या
  • २०८२ कार्तिक २४, सोमबार मा प्रकाशित ३ महिना अघि
  • २४ कात्तिक, काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सातवटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले विवरण सार्वजनिक गरेका छन् ।

    मन्त्री खरेलका अनुसार बैठकले प्रहरी नेतृत्वदेखि प्रदेश प्रमुख परिवर्तन, राष्ट्रिय खेलकुद आयोजना सम्मका निर्णय गरेको छ ।

    🔹 मन्त्रिपरिषद्का मुख्य ७ निर्णय

    1. नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।

    2. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।

    3. भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।

    4. भारतको नयाँ दिल्लीमा २०८२ कात्तिक २६–२८ सम्म हुने नेपाल–भारत कोअर्डिनेशन समितिको नवौं बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयोजकत्वको टोलीलाई स्वीकृति दिने ।

    5. भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।

    6. २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने ।

    7. मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने । यी निर्णयहरूमार्फत सरकारले प्रशासनिक, कानुनी, क्रीडा र प्रदेशस्तरीय संरचनामा ठूला परिवर्तन गरेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार