काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ मा शुनमती गंगाको तिरमा रहेको ताम्रेश्वर महादेव मन्दिर एवं घाटमा सरसफाई कार्य भएको छ ।
बाला चतुर्दशीलाई मध्यनजर राख्दै ताम्रेश्वर घाट व्यवस्थापन समितिको आयोजनामा सशस्त्र प्रहरी वल नं १५ गण हे.क्वा पाँचखालको सहयोगमा सरसफाई कार्य आज सम्पन्न भएको हो ।
हिन्दु धर्मालम्बिका अनुसार दिवंगत पितृ मोक्षको लागि सो स्थानमा बाला चतुर्दशीको अवसरमा मंसिर २ गते बत्ती बाल्ने र ३ गते विहान सदबिज छर्ने कर्यमा सहज रहोस भनि सफाई गरिएको घाट व्यवस्थापन समितिका सदस्य ज्ञान वहादुर थापाले वताउनु भयो ।
सरसफाई कार्यका शौचालय , पिउने तथा स्नान गर्ने पानीको सहज व्यवस्थापन गर्ने पाँचखाल वडा नं ३ को वडा अध्यक्ष सुन्दर अधिकारीले बताउनु भयो । उहाँको अनुसार शुनमती गंगाको तिरमा रहेको तामे्रश्वर महाँदेवस्थानमा विगत लामो समयदेखि सदविज छर्ने कार्यहुदै आएको छ । त्यसैगरी वडा नं ३ कै दुग्देश्वर महादेव मन्दिर परिसरमा पनि वत्तिवाल्ने र सदविज छर्ने कार्य हुदै आएको छ । उक्त दुवै स्थानमा आउने भक्तजनको सहजताको लागि व्यवस्था मिलाउंदै आएका छौं ।
सशस्त्र प्रहरी वल नं १५ गण हे.क्वा पाँचखालको उपस्थितिमा भएको सफाई अभियानले बाला चतुर्दशी मेलामा सहभागी हुने श्रद्धालुलाई स्वच्छ वातावरण प्रदान गर्नु ,मन्दिर परिसर र घाट क्षेत्रलाई सुन्दर र स्वच्छ बनाउनु ,धार्मिक कार्यमा सहजता प्रदान गर्नु रहेको छ । ताम्रेश्वर महादेव मन्दिर र दुग्देश्वर महादेव मन्दिर पाँचखाल नगरपालिकाको प्रमुख धार्मिक स्थलको रुपमा परिचित रहेको छ ।
बालाचतुर्दशी हिन्दू धर्ममा अत्यन्त महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व हो । यो विशेषगरी सन्तानको कल्याण, मृतक सन्तानको आत्माको शान्ति र परिवारिक सुविस्ताको लागि मनाइन्छ । यसको मुख्य उद्देश्य विशेषगरी शिव मंन्दिरहरुमा बक्ति बाल्ने र सतविज छर्ने गरेको पाइन्छ ।
यो दिन गरिने पुण्य कार्य, दान, भोजन तथा सतविज छर्ने कर्मले पितृ ऋण तिर्ने श्रेष्ठ विधि मानिन्छ । शास्त्र अनुसार यो दिन गरेको पुण्य जिवन्त र दिवंगत दुवैका लागि अत्यन्त फलदायी हुन्छ । बालाचतुर्दशीको मुख्य देवता बाल भैरव मानिन्छन् । उनको कृपाले दुःख–दर्द कम हुने , परिवारमा शान्ति रहने ,रोग–व्याधिहरू हट्ने विश्वास गरिन्छ ।
त्यसैगरी बालाचतुर्दशीको पूजा–व्रतले आत्मा पावन भई मोक्ष यात्रा सहज बन्ने भन्ने ग्रन्थहरूमा उल्लेख छ । सतविज छर्ने परम्पराको अर्थ ः “सतविज” का रूपमा सात प्रकारका अन्न (गहुँ, धान, मकै, कागुनो, फापर, चना, तिल) प्रयोग गरिन्छ । यसले “जीवनका सात रूप”, “सन्तानका सात सुरक्षा” र “सात लोक” लाई प्रतीक गर्दछ ।
पवित्र स्थलमा सातबिज छर्दै घुम्नाले व्यक्तिको आत्मा शुद्ध हुने विश्वास गरिन्छ । यसले परिवारमा शान्ति, समृद्धि, र सकारात्मक ऊर्जा ल्याउने मान्यता छ । यो परम्पराले प्रकृति र पञ्चतत्वप्रति श्रद्धा प्रकट गर्छ । बिहान सबेरै उठ्ने, उपवास बस्ने, र भक्ति भावसहित कर्म गर्ने धार्मिक अनुशासनलाई प्रोत्साहन गर्छ ।
एक पटक बाल नाम गरेका शिकारीले गल्तीले एक साधुको हत्या गरे । पछिसम्म पश्चात्ताप गर्दा भगवान शिवको सल्लाह अनुसार उनले साधुको आत्माको शान्तिका लागि पवित्र स्थलमा सातबिज छरे । यसरी यो परम्पराको सुरुवात भएको मानिन्छ । बालाचतुर्दशीका दिन हजारौँ श्रद्धालु पशुपतिनाथ लगायत विभिन्न धार्मिक स्थलहरूमा पुग्छन् । अघिल्लो रात (बाल रात्रि) दीप बालेर, भजन गाएर जाग्राम बस्ने चलन छ । यसरी सातबिज छर्ने परम्पराले आध्यात्मिक, नैतिक, र प्राकृतिक सन्देश दिन्छ, जसले बालाचतुर्दशीलाई विशेष अर्थपूर्ण बनाएको छ ।
प्रतिक्रिया दिनुहोस