२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो


५१७५ पाठक संख्या
  • २०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

    प्रत्यक्ष तर्फ माघ ६ गते मनोनयन, माघ ७ र ८ मा उजुरी तथा जाँचबुझ, माघ ९ मा नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने कार्यक्रम छ।

    समानुपातिक तर्फ मंसिर २१–२३ मा दल दर्ता निवेदन, मंसिर २४ मा दल नामावली प्रकाशन, पुस १३–१४ मा बन्दसूची पेस र माघ २० मा अन्तिम बन्दसूची प्रकाशित गरिनेछ।

    मतदान फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार