२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

उपत्यकामा सक्रिय बस लुटपाट गिरोह प्रहरीले समात्यो


५६१७ पाठक संख्या
  • २०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ। काठमाडौँ–भक्तपुर–बनेपा मार्गमा बसमा पाकेटमारी र सिक्री लुटपाट गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। गिरोह भक्तपुर क्षेत्रमा सक्रिय थियो र लगातार लुटपाट गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ।

    मुख्य योजनाकार कृष्ण बहादुर खड्का (४२) हुन्, जो मोरङ–शनिश्चरे नगरपालिका–९ घर भएका छन् र यसअघि ३८ पटक पक्राउ परेका थिए। उनी कारमा बसेर लुटपाटको योजना बनाउँथे र युवा सदस्यहरू परिचालन गर्थे।

    उनिसहित आठ जना पक्राउ परेका छन्:अनु गजमेर (२३), राजीव भण्डारी (१८), सुदीप भण्डारी (२६), सुजन भण्डारी (३४), साधुराम भुजेल (२६), सुरज तामाङ (२७) र विशाल तामाङ (२२) रहेका छन्।

    प्रहरीका अनुसार गिरोहले कार र मोटरसाइकलमा बसेर सुनका गहना र पैसा बोक्ने व्यक्तिहरूको पछ्याइ गर्थे र लुटपाट गर्थे। करिब १५ दिनअघि बनेपा जाने बसमा चढेर महिलाको सिक्री लुटेका थिए। बरामद सामग्रीमा दुई तोला र एक तोलाको सिक्री समावेश छ।

    उनीहरूका विरुद्ध जिल्ला प्रहरी परिसर–भक्तपुरमा चोरी र लुटपाट सम्बन्धी म्यादसहित अनुसन्धान जारी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार