२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना दुई घाइते


६२९३ पाठक संख्या
  • २०८२ मंसिर १, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ विपि राजमार्ग बेलामा सवारी दुर्घटना दुईजना घाईते भएका छन् ।

    आज (सोमबार) दिउसो १२ बजेको समयमा धुलिखेलबाट भकुण्डेबेशी तर्फ जाँदै गरेको बा.प्र.०१ –०२८ च २०४४ नं. को इभि कारको टाइरेट भाच्चिइ अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको बा ४ ख ८२४० नं. को यात्रुबाहक बसमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार कारले बसलाई ठक्कर कारमा सवार गर्ने कार चालक जिल्ला मोरङ बेलवारी न.पा. १ बस्ने बर्ष ४१ को सल बहादुर धिमाल र कारमा सवार जिल्ला सिराहा सुखिपुर न.पा. १० बस्ने बर्ष २२ को सुनिल कुमार महत्तो घाईते भएका थिए । घाइतेहरुको उपचारको लागी धुलिखेल अस्पतालमा पठाईएको छ । बस चालक जिल्ला रामेछाप मन्थली न.पा. ७ घर भई हाल भक्तपुर चागुनारायण बस्ने बर्ष ३९ को उदय बहादुर मगर प्रहरीको नियन्त्रणमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार