२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

कांग्रेस महाधिवेशनका लागि महामन्त्री शर्माका दुई विकल्प सार्वजनिक


२६२७ पाठक संख्या
  • २०८२ मंसिर ८, सोमबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नियमित तथा विशेष महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका छन्। सोमबार इलाममा जेनजी आन्दोलनका क्रममा कांग्रेस जिल्ला कार्यालयमा भएको आगजनीको अवलोकनसँगै उनले दुवै विकल्प सार्वजनिक गरेका हुन्।

    पहिलो विकल्प अनुसार पुसको अन्तिम सातामा विशेष महाधिवेशन गर्नेगरी अब हुने पार्टी बैठकबाट कार्यतालिका निर्माण गर्ने प्रस्ताव उनले राखेका छन्। तयारीका क्रममा केही दिन समय कम परे थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्न सकिने उनले बताए। उनका अनुसार समानुपातिक सूची बुझाउने मिति र फागुन २१ का लागि तोकिएको निर्वाचन पनि राजनीतिक सहमतिबाट केही सार्न सकिने सम्भावना छ। हिमाली क्षेत्रको मौसमी प्रतिकूलता र शान्तिपूर्ण वातावरण निर्माणका आवश्यकता हेर्दा मिति केही फेरबदल गर्न सकिने उनको भनाइ छ।

    दोस्रो विकल्पमा उनले ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सभापतिलाई सुझाव दिएका छन्। २०१४ सालमा जस्तै सभापतिले स्वयं मार्गप्रशस्त गरे पार्टीले सहज निकास पाउने र नेतृत्वको अभिभावकत्त्वको भूमिका अझ सबल हुने उनको तर्क छ। शिविरमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको मागलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने समेत उनले चेतावनी दिए।

    शर्माले प्रस्तुत गरेका यी दुई विकल्पले आन्तरिक विवाद चुलिँदै गएको कांग्रेसमा अब छिटो निर्णय आवश्यक भएको संकेत दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार