काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको राशी गाउंपालिका वडा नं ६ मा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थबहादुर लामाका पिता स्व. केशरबहादुर तामाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेसका शीर्ष र केन्द्रिय नेताहरू रोशी पुगेका छन्।
नेता तामाङको निधनप्रति समवेदना व्यक्त गर्न उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाई, मधु आचार्य, गणेश लामा, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेशका मन्त्रीहरू प्रभात तामाङ, कृष्णबहादुर तामाङ, सुरेश श्रेष्ठलगायतको टोली रोशी गाउँपालिका–६ लेखपानीस्थित निवास पुगेको हो।
स्व. केशरबहादुर तामाङको आजै रोशी–६ लेखपानीमा दाहसंस्कार गरिएको छ। ८७ वर्षको उमेरमा निधन भएका तामाङको दाहसंस्कार सामाजिक रीति र तामाङ समुदायको परम्पराअनुसार सम्पन्न भएको परिवारले जनाएको छ। उनले श्रीमती कान्छीमाया तामाङ, तीन छोरा र दुई छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस