२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

गाउँमै जन्मियो समृद्धिको नयाँ आशा


५६४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ मंसिर १४, आईतबार मा प्रकाशित २ महिना अघि
  • “गाउँमै मेहनत गरे सुन उम्रन्छ” — सिम्थलीका युवा किसान प्रबिन महत नेतृत्वको सामूहिक बंगुर फार्मले बोकेको नयाँ आशा

    क्रान्ति लामा

    काभ्रेको कोसीपारी सिम्थली—
    यहाँ एउटा यथार्थ छ, जसले देशको ग्रामीण अवस्था झल्काउँछ; युवाहरू विदेशिन्छन्, गाउँ बुढाबुढी मात्रको बासस्थान बन्छ। तर यही निराशाको घेरामा एउटा उज्यालो चिहान झुल्किएको छ—जसले गाउँलाई फेरि सम्भावनाको दिशातिर मोडिदिएको छ।

    उनी हुन्—मेहनती, पौरखी र जुझारू युवा किसान प्रबिन महत, जसले परदेशको मोह त्यागेर, “गाउँमै सम्भावना खोज्ने साहस” देखाए।

    सामूहिक बंगुर फार्म—युवाहरूको सामूहिक सपना

    प्रबिन महत, रामकुमार महत, विनय भण्डारी र सन्तोष बिकसहितको समूहले हालै ५० वटा बंगुरसहित आधुनिक सामूहिक बंगुर फार्म सञ्चालनमा ल्याएका छन्।
    कोसीपारी क्षेत्रमा सम्भवत पहिलो पटक बाहुन समुदायका युवाले सुरु गरेको यो सामूहिक कृषि परियोजना गाउँमा उत्साह, आशा र सहयोगको नयाँ वातावरण बनेको छ। यो भाग अभियान मात्र होइन—
    गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने ज्वलन्त प्रमाण पनि हो।

    बाख्रापालनदेखि कृषिमा उदाहरणीय यात्रा

    केही वर्षदेखि प्रबिन महतले सिम्थलीको रुन्चे खोलामा १ सय बाख्रासहितको आधुनिक बाख्रा फार्म सञ्चालन गर्दै आएका छन्।
    उनको सफलताले गाउँमा बसेर पनि भविष्य निर्माण गर्न सकिन्छ भन्ने पुरानो मिथक भत्काएको छ। उनको विश्वास छ—“गाउँमै कम्मर कसेर उठे, रगत–पसिना पोख्यो भने माटोले सुन फलाउँछ।”

    युवाहरू विदेशिन बाध्य भएपछि बनेका ‘गाउँको नायक’

    सिम्थलीमा करिब ७०% घर–परिवार शहर वा विदेशतिर बसाइँसराइ गरिरहेका बेला प्रबिन महतजस्तो युवाले गाउँमै बसेर सम्भावना देख्नु आफैँमा साहसिक काम हो।
    उनको उदाहरणले गाउँमा फेरि ऊर्जा भर्न थालेको छ—
    कहिँकहीँ गुम्दै गएको विश्वास पुनर्जीवित भइरहेको छ।

    अनुदान नदिने स्थानीय सरकारप्रति गुनासो

    युवाहरूको सपना बोकेर अघि बढिरहेका महत भन्छन्—“युवाहरूलाई स्थानीय सरकारले सौतेनी आमाजस्तै व्यवहार गर्छ, अहिलेसम्म कुनै सहयोग, अनुदान केही दिएको छैन।” सरकारी समर्थन बिना पनि उनीहरू आफ्नै बल र जुझारुपनले अघि बढिरहेका छन्। यसले उनीहरूको संघर्षलाई झन् अर्थपूर्ण बनाउँछ।

    देशमै बसेर केही गर्न सकिन्छ—प्रेरणाको केन्द्र

    गाउँमा युवाहरू नहुँदा गाउँ मर्दै गएको जस्तो देखिन्छ।तर प्रबिन महतले देखाए—
    देशमै बसेर, आफ्नै खेत–बारीमा पसिना बगाएर पनि समृद्ध भविष्य निर्माण गर्न सकिन्छ।

    उनी —गाउँमै आशा जगाउने मार्गदर्शक,रगत–पसिना माटोलाई अर्पण गर्ने उदाहरणीय कृषक,देशमै बस्ने युवाहरूका लागि जीवित प्रेरणा हुन्।

    गाउँ बाँच्न अझै सम्भव छ

    यदि प्रबिन महतजस्ता युवाहरू गाउँमै उठे, गाउँ छाडेनन् भने—
    गाउँ मात्र होइन,

    देश समृद्धिको बाटोमा बग्छ।कोसीपारी
    युवा_किसान
    सिम्थली_गौरव

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार