२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

एमाले प्रतिनिधि चयनमा तनाव : कुटपिट, आरोप–प्रत्यारोप र मतपेटिका गायब


३९५३ पाठक संख्या
  • २०८२ मंसिर १४, आईतबार मा प्रकाशित २ महिना अघि
  • १४ मंसिर, पोखरा नेकपा एमालेको १०औं महाधिवेशनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि चयन गर्न गरिएको मतदानपछि उत्पन्न विवाद रातभर उग्र बनेको छ । मतगणनाको क्रममा धाँधलीको आरोप लाग्दै गएपछि मध्यरात कुटपिटसमेत भएको र मतपेटिका नै गायब पारिएको पुष्टि स्थानीय नेताहरूले गरेका छन्।

    क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि क्षेत्र नम्बर १ मा मतदान गरिएको थियो। भानु, आँबुखैरेनी, देवघाट, बन्दीपुर र व्याससमेतका १२ वडाबाट १ हजार १६६ मत खसेका थिए।

    बन्दीपुरबाट विवादको सुरुआत

    बन्दीपुर गाउँपालिकाको मतगणना १ सय मत पुगेपछि नै विवाद सुरु भएको थियो।घनश्याम देवानले १०० मध्ये १०० मत पाए ,फुलमती थापाले ९९ मत प्राप्त गरिन् मरेका मानिसका नाममा समेत मतदान भयो” भन्ने आरोप सार्वजनिक भएपछि स्थिति असामान्य बन्यो।
    देवान हालै एमालेमा फर्किएका पूर्वसांसद किसान श्रेष्ठनिकट मानिन्छन्, जसले ‘आड बनाएर धाँधली गरिएको’ आरोप अर्को पक्षले लगाउँदै आएको छ।

    मतगणना स्थगित, आधी रातको तनाव

    विवाद बढेपछि मुख्य निर्वाचन अधिकृत शिवदत्त ढकालले राति १२ बजेदेखि अर्को सूचना नहुँदासम्म मतगणना रोक्ने सूचना जारी गरे। तर त्यहीबीच नयाँ तनाव सुरु भयो—जिल्ला अध्यक्ष हरि कँडेल,मतगणक कर्मचारी सुनिल पाण्डे,इन्चार्ज केदार सिग्देल गणना स्थगित भएको अवस्थामा पनि विवादित मतपेटिका राखिएको कोठामा रहेका कारण अर्को पक्षले शंका राख्यो।

    पूर्णबहादुर गुरुङको समूह कार्यालय पुगेपछि कथित षड्यन्त्रको आरोप लगाउँदै दुई समूहबीच धकेलाधकेल र कुटपिट भएको बताइएको छ। कँडेलका अनुसार,
    “साथीहरू कोधिँदै आए, धकेले, पाण्डेमाथि हातपात भयो, अनि मतपेटिका लिएर गए।” मतपेटिका कहाँ लगियो—राखियो कि जलाइयो—यसबारे कुनै जानकारी नभएको उनको भनाइ छ। अर्को पक्ष भने कँडेलकै समूहले अवैध मतपत्रमा छाप हालेर कोठामा बसेको आरोप लगाउँछ।

    मतपेटिका गायब भयो, अब के हुने?

    मतगणना स्थगित भइसकेको अवस्थामा मतपेटिका गायब भएपछि प्रतिनिधि चयन प्रक्रिया अस्तव्यस्त बनेको छ। प्रदेश सांसद रामबहादुर गुरुङ भन्छन्—“मतगणना रोकेपछि उम्मेदवार, अध्यक्ष, इन्चार्जहरू त्यहाँ जानु नै शंकास्पद थियो, त्यसैले झडप हुन पुग्यो।” महाधिवेशन प्रतिनिधि र नेताहरूलाई छलफलका लागि बोलाइएको भए पनि समूहगत ध्रुवीकरणका कारण नजिकै समाधान नदेखिएको नेताहरू बताउँछन्।

    आन्तरिक शक्ति–संघर्षको छायामा विवाद

    तनहुँमा एमालेभित्र अहिले पीएस–खगराज अधिकारी समूहको द्वन्द्व खुलेआम चलिरहेको छ। किरण गुरुङ पनि पृथ्वीसुब्बा पक्षमै उभिएका छन्।
    क्षेत्र नम्बर २ मा दुबै पक्षलाई समेटेर सर्वसम्मत गरिएको भए पनि क्षेत्र नम्बर १ मा दुवैधरबीच प्रतिस्पर्धा चर्कियो।

    धाँधलीको आरोप लागेका घनश्याम देवान किसान श्रेष्ठको समूहमा छन्।
    पूर्णबहादुर गुरुङलाई स्थानीय रूपमा गुण्डागर्दीका घटनामा संलग्न भएको दाबी गरिन्छ। गुरुङ कांग्रेस महाधिवेशन प्रतिनिधिबाट एमाले प्रवेश गरेका थिए र २०७४ तथा २०७९ मा पनि उम्मेदवारी दिएर चर्चामा आएका थिए।

    अबको सम्भावित मार्गरेखा

    मतपेटिका गायब भएकाले मतगणना पुनः सुरु हुन असम्भव देखिन्छ ,पुनः मतदान गर्ने कि राजनीतिक सहमति खोज्ने भन्नेमा अब छलफल हुनेछ ,पार्टी नेतृत्वले यसलाई तनहुँमा फाटो गहिरिने संकेत का रूपमा हेरिरहेको छ, प्रदेश सांसद रामबहादुर गुरुङ भन्छन्, “तनहुँ–१ मा जे भयो, त्यो पार्टीका लागि राम्रो संकेत होइन। अब के गर्ने भन्ने अन्योल छ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार