२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

जेनजी आन्दोलन र विध्वंसात्मक गतिविधिः “विध्वंस मच्चाउनेहरुको लागि कडा कदम आवश्यक”


३८२३ पाठक संख्या
  • २०८२ मंसिर १८, बिहिबार मा प्रकाशित २ महिना अघि
  • जेनजी आन्दोलनले नेपालको राजनीति र सामाजिक चेतनामा आफ्नो अलग पहिचान बनाएको छ । यस आन्दोलनको मूल उद्देश्य सामाजिक असमानता, भ्रष्टाचार, र जनअधिकारको संरक्षणमा जनताको आवाज उठाउनु रहेको भए पनि केही घटनाले यसको सार्थकता र विश्वासप्रति प्रश्न उठाएको छ । आन्दोलनको नाममा हुने विध्वंसात्मक गतिविधि–जस्तै सार्वजनिक सम्पत्ति नष्ट गर्नु, आगजनी, सडक अवरुद्ध गर्नु–ले आन्दोलनको मुख्य उद्देश्यलाई कमजोर बनाउँछ ।

    विध्वंसात्मक गतिविधि केवल भौतिक क्षति पुर्याउने मात्र होइन, समाजमा भय र असुरक्षा साथै त्रास फैलाउने माध्यम पनि हो । यस्तो गतिविधिले आम जनताको सुरक्षा र जीवनमा प्रत्यक्ष जोखिम ल्याउँछ ।आन्दोलनको सकारात्मक छवि धूमिल बनाउँछ । सरकार र प्रशासनमा अविश्वास बढाउँछ । भविष्यमा हुने आन्दोलनहरूमा पनि उस्तै उच्छृङ्खल व्यवहार दोहोरिन सक्ने सम्भावना बढाउँछ । विशेषगरी सर्वोच्च अदालत जस्ता संवेदनशील सरकारी सम्पत्तिमा गरिएको आगजनीले देशको न्याय प्रणाली र कानुनी प्रतिष्ठामा ठूलो धक्का पुर्याउँछ । यसले कानुनको शासनप्रति जनताको विश्वास कमजोर बनाउँछ र राजनीतिक अस्थिरता निम्त्याउँछ ।

    यस्तो विध्वंसात्मक गतिविधि गर्नेलाई कारवाही अपरिहार्य हुनुपर्छ ,अहिलेको परिस्थितिमा, आन्दोलनको नाममा विध्वंस मच्चाउनेहरूलाई कानुन अनुसार कडा कारवाही गर्नु अपरिहार्य छ । सामाजिक सुरक्षाः जनताको जीवन, सम्पत्ति र सार्वजनिक संरचना सुरक्षित रहोस् । भविष्यमा अनुशासन कायम राख्नः कुनै पनि आन्दोलनले कानुनी दायराभित्र रहनुपर्छ भन्ने स्पष्ट सन्देश जनाउनु । आन्दोलनको सकारात्मक उद्देश्य सुरक्षित राख्नः विध्वंसले आन्दोलनको मूल उद्देश्यलाई कमजोर बनाउँछ; यसलाई रोक्न कारवाही जरुरी छ ।

    जेनजी आन्दोलनजस्ता सामाजिक आन्दोलनहरूमा सहभागीहरूले कहिलेकाहीँ उग्र कदम चाल्नु सामान्य बुझ्न सकिन्छ । तर, आन्दोलनको सार्थकता तब मात्र कायम रहन्छ जब यसले सकारात्मक परिवर्तन र कानुनको सीमा भित्रको संघर्ष प्रस्तुत गर्छ । यदि विध्वंसलाई सहि ठानिन्छ वा क्षमा गरिन्छ भने भविष्यमा हुने सबै आन्दोलनहरूमा उस्तै उच्छृङ्खल गतिविधि बढ्ने खतरा हुन्छ । त्यसैले कानुन विपरित कार्यगर्नेलाई कानुन अनुसारको हदै सम्मको सजाय दिन जरुरी रहन्छ ।

    जेनजी आन्दोलनको उद्देश्य जनअधिकारको संरक्षण भए पनि त्यसको नाममा हुने विध्वंसात्मक गतिविधि निन्दनीय छ । आगामि दिनका आन्दोलनहरूमा यस्तो उच्छृङ्खल व्यवहार दोहोरिन नदिन, कानुन अनुसार कडा कारवाही अपरिहार्य छ । यसले मात्र आन्दोलनको सकारात्मक उद्देश्य सुरक्षित रहोस्, समाजमा शान्ति कायम रहोस्, र भविष्यमा हुने आन्दोलनहरू दायित्वपूर्ण र कानूनी दायराभित्र सीमित रहन प्रेरित होस् । आन्दोलनको नाउमा मुलुकको अति हमत्वपुर्ण सार्वजनि सम्पत्ति ध्वस्त पार्नेहरुलाई कठघरामा नउभियाउने हो भने आगामि दिनहरुमा कसैलाई कुनै सनकको भरमा आन्दोलन गर्ने क्रममा जेनजी आन्दोलनलाई पाठको रुपमा लिदै थप क्षती हुनसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार