२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज मंसिर २७ शनिवार को राशिफल


३४५९ पाठक संख्या
  • २०८२ मंसिर २७, शनिबार मा प्रकाशित १ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कामको मेसो नमिल्दा कार्यक्षेत्रमा केही समस्या पर्न सक्छ। आँटेको कार्य सम्पादन गर्न सकिनेछ। भावनात्मक कुरा हावी हुन सक्छ। अवसर पाउँदा प्रतिपक्षीहरुले खुट्टा तान्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    धेरै कुराको जिम्मा लिन मन लाग्नेछ। गुरुजनहरूको सुझाव र सन्तानको सहयोग लाभदायी रहनेछ। विशेष कामको जग बसाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    प्रक्रिया नमिल्नाले काम दोहोर्याएर गर्नुपर्ला। भूमि र पशुधनबाट लाभ उठाउन सकिनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अध्ययनमा गुरुजनहरूको मार्गदर्शन उपयोगी रहनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। समस्या दर्शाउँदा मित्रहरूले साथ दिनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    घरायसी समस्याले पिरोल्न सक्छ। सन्तानको स्वास्थ्य र प्रगतिलाई लिएर मनमा चिन्ता रहनेछ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। टाढिएका आफन्तहरू नजिक हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    काममा श्रम परेपनि राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रतिष्ठित र सम्मानित कार्य गर्नमा सफल भइनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आफन्तहरूको साथ मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    अरूमा निर्भर पर्नाले कार्यक्षेत्रमा पछि परिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आफ्नै सोचमा विश्वास राखेर कार्य गर्दा सफलता मिल्नेछ। व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    पारिवारिक जिम्मेवारीले केही तनाव दिन सक्छ। आय आर्जनका नयाँ बाटोहरू फेला पर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    मित्रहरूसँग मिलेर काम गर्नु लाभदायक रहला। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    विवादास्पद जिम्मेवारी वहन गर्नुका साथै खर्चमा वृद्धि हुनेछ। पुरानो सम्झनाले हलचल ल्याउन सक्छ। नयाँ अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    हराएको केही चिज भेटिने योग छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। श्रमको उचित मूल्य पाइनेछ। उठ्नुपर्ने रकम हात लाग्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार