२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज २९ मंसिर सोमवार को राशिफल


३१२१ पाठक संख्या
  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित १ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनुका साथै आफन्तहरूबाट साथ र सहयोग पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्चमा वृद्धि रहनेछ। आवश्यक पर्दा विश्वास पात्रबाट धोखा पाइएला सचेत रहनुहोस्। विद्यार्थीहरूको लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    कला वा रचनात्मक कार्यमा मन जानेछ। विद्यार्थीहरूलाई अप्ठ्यारो परिस्थितिमा मित्रहरूबाट सहयोग पाइनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पारिवारिक कारणले मनमा चिन्ता र असन्तोष रहनेछ। विषयवस्तु नबुझी कुनै पनि कार्य प्रारम्भ नगर्नुहोला। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    मनमा शान्ति र मुहारमा कान्ति छाँउनेछ। यात्रा रमाइलो रहनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। जीवनसाथीबाट उपहार प्राप्त होला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    परिवारसँग सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा बाधा उत्पन्न हुनेछ। लगनशीलता वा मेहनतले लक्ष्य सम्म पुग्न सकिनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    सम्मानित कार्य गर्ने अवसर मिल्नेछ। आनन्दको प्राप्ति हुनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    व्यर्थको काम र यात्रामा धन खर्च हुनेछ। परिस्थितिवस कार्यक्षेत्रमा पछि परिनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोस्। आध्यात्मिक ज्ञानतर्फ झुकाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ कार्यको रूपरेखाको जग बसाउन सकिनेछ। कार्यक्षेत्रमा कामको तारिफ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कानुनी पक्ष सबल रहनेछ। विवादित परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। पराक्रमबाट नाम स्थापित गर्न सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सामाजिक सञ्जालमा बोल्दा शब्द चयनको ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। धार्मिक यात्राका योग छन्। विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सवारी साधन चलाउँदा सावधान रहनुहोला। धेरै बोल्ने बानीले बनीसकेको काम बिग्रिन सक्ला सावधान रहनुहोस्। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार