२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

 पौष ५ गतेको एकता सन्देशको लागि पाँचखालको पूर्ण तयारी


९०४९ पाठक संख्या
  • २०८२ पौष ३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीको पौष ५ गते काठमाडौंको भृकुटी मण्डपमा हुने बागमती‚ विशेष र सम्पर्क प्रदेशको एकता सन्देश सभामा सहभागि हुनको लागि नेपाली कम्युनिष्ट पार्टी पाँचखाल नगर समितिको एकता विस्तारित बैठकबाट पूर्ण रुपमा तयारी गरेको छ । 

    रमेशराज गिरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रमुख अतिथिको रुपमा नेपाली कम्युनिष्ट पार्टी केन्द्रिय महाधिवेशन आयोजक समितिको सदस्य तेज वहादुर मिजारको उपस्थिति रहेको थियो । 

    बैठकमा प्रमुख अतिथि मिजारले भन्नुभयो—यो देश जनताको होस भन्ने अभियानमा लाग्दैगर्दा कयौँ सपुतले बलिदानी दिनुपर्‍योन्यायपालिका ‚ कार्यपालिका लगायतको निकायहरू जनताको मातहत वाट चलोस् शुसाषण विकास होस भन्ने थियो । मर्नेहरू महान भइसके सहिदहरुले देखाएको बाटोलाई हामीले पहिल्याएनौ भने हामी वाँच्नेहरु पनी मरेतूल्य हौं । मुलुकको हितको लागि कतिले जीवन गुमाउनु भयो ‚ कतिले अंङ्ग गुमाउनु भयो । अबको समयमा मुलुकको हितको लागि हामी वाँचेकाहरुले पनि केही त्याग गर्नुपर्छ । जीवन‚ अङ्ग गुमाउनु पर्दैन हामीसँग भएको केही थोरै पैसा र केही समय गुमाउनु पर्नेछ । मिजारले भन्नुभयो । 

    नेताजीहरूको माग पनि नराम्रो होइन ‚ उनीहरूको भनाई—निति बदल‚ सोच बदल‚ व्यवहार ‚ सैली‚ राजसत्ता सञ्चालनको तरिका बदल भन्ने हो । त्यसकारण हामीले हाम्रो केही श्रम ‚ समय र थोरै पैसा गुमाउनु पर्छ मुलुकमा समाजवाद स्थापित गर्नको लागि । समाजवादमा सेना जनताको हुन्छ ‚ न्यायपालिका कार्यपालिका जनताको हुन्छ । शिक्षा‚ स्वास्थ्य‚ रोजगार ‚ खाद्यको ग्यारेन्टी हुन्छ । समाजवाद कुनैदिन प्राप्त हुन्छ ‚ सो कार्यको अभियानको लागि नेपाली कम्युनिष्ट पार्टीको अभियान पुरा गनर्े अभियान सुरुभएको छ ‚ सोही अभियानको सुरुवातीको क्रममा पौष ५ गते काठमाडौंको भृकुटी मण्डपमा हुने बागमती विशेष र सम्पर्क प्रदेशको एकता सन्देश सभामा सहभागि हुनुपर्छ ‚यो प्रदर्शनले देशको परिस्थिति नै बदलिन सक्छ । प्रमुख अतिथि मिजारले भन्नुभयो । 

    एकता बिस्तारित बैठकमा विशेष अतिथि नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य एवं बागमती प्रदेश सांसद रुकु चौलागाइँले आफू समाजवादी आन्दोलनको यात्री हुन पाएकोमा धेरै खुसी रहेको बताउनुभयो । उहाँले थप्नुभयो —यो समाजवाद अभियानको यात्रा ०७५ बाटै सुरुभएको हो । सो क्रममा पार्टी एकता गरि नेकपा गठन भएकोमा अदालतले उल्टाइदियो । युवा पुस्तामा पनि राजनीति चेतना रहेको छअबको अवस्थामा टुटफुट बाट मिसन पुरा हुदैन भन्ने प्रमाणित भएको छ । मुलुकमा थुप्रै समस्याहरु छन् ‚ त्यस्ता समस्याहरुलाई नेपाली कम्युनिष्ट पार्टीले समाधान गर्दै सुशासण कायम राख्दै अगाडि बडेदै जाने क्रममा पहिलो पार्टी बन्नेमा दुइमत छैन ।

    नेपाली कम्युनिष्ट पाटी बागमति प्रदेश सचिवालय सदस्य आईतसिं तमाङले १६ दलको एकता भएको छ ‚ निष्टाका साथमा अगाडि बढ्दा जित सुनिस्चत रहेको ठोकुवा गर्नुभयो । अव १६ वटा पार्टी एउटै भएकोछ कसैले कसैलाई पुर्व फलानो पार्टी भन्न नपाईने यदि कसैले त्यस्तो उचारण गरेमा कारवाहि गर्ने उद्घोस गर्नुभयो । मुलुकको हितको लागि एकता भएको खुसियालिमा पकेटको पैसा खर्च गरेरै भएपनि अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।  

    बैठकमा वागमती प्रदेश सदस्य रविन्द्र सिपखानले ०३९ सालबाट राजनीति गर्दै आउने क्रममा घुमदै फिर्दै रुम्जाटार भनेजस्तै उदाहरण दिदै नेपाली जनताको चहना भनेकै कम्युनिष्टहरु एकैठाउमा हुनुपर्छ । सोही अनुसार अगाडि बढ्दै जाँदा विगतमा एकता प्रकृयाबाट नेकपा बनेको थियो तर टिक्न नसकेको बताउनु भयो । उहााले थप्नुभयो—नेपाली ७५ प्रतिशत जनताले कम्युनिष्टलाई माया गर्नुहुन्छ तर विभिन्न घटकमा भएकोले समस्या आएको हो ।नेपाली कम्युनिष्ट पार्टीले मुलुकमा जनताले तारिफ योग्य काम गर्नेछन् तव पहिलो पार्टीहुनेछन् । सिपखानले बताउनुभयो ।

    गोकुल गुरागाईले सञ्चालन गर्नुभएको उक्त पाँचखाल नगर समितिको एकता विस्तारित बैठकमा नेपाली कम्युनिष्ट पार्टी वागमती प्रदेश सदस्य चेत प्रसाद गौतम -मणी, पाँचखाल नगर कार्यदल सदस्य कृष्ण बहादुर श्रेष्ठ लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो भने पाँचखाल वडा नं ६ वडा अध्यक्ष एवं पाँचखाल नगर कार्यदल सदस्य रामशरण दुलालले उपस्तिथि सवैलाई शव्दद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष रमेश राज गिरीले बैठकको निर्णय सुनाउनु भएको थियो ।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार