२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

गगन थापाको घोषणा: १५औँ महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी


३३२९ पाठक संख्या
  • २०८२ पौष ७, सोमबार मा प्रकाशित १ महिना अघि
  • ७ पुस, काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आफू निर्वाचित क्षेत्र काठमाडौं–४ का नेता–कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा लड्ने औपचारिक घोषणा गर्दै आफू सभापति बन्ने दाबीसमेत गरे।

    ‘म अहिले पार्टीको १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु,’ उनले भने। महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने अवसर भएको थापाको भनाइ छ।

    उनले पछिल्लो समय क्रियाशील सदस्यता नवीकरण र वितरणको काम ढिलाइ भएकोप्रति आपत्ति जनाउँदै यसले महाधिवेशन प्रक्रियामा असर पारेको बताए। महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिँदै उनले निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने विश्वास आफूमा रहेको बताए।

    महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै गर्नुपर्ने विषयमा निरन्तर स्पष्ट रूपमा भनिरहेको पनि उल्लेख गरे। ‘समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो। तर कता कता अलिअलि त्यो स्मेल गरिरहेका छौँ। यो विषयमा पार्टीको लिडरसिपलाई हामी स्पष्ट भनिरहेका छौँ। हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ,’ उनले भने।

    थापाले नियमित वा विशेष अधिवेशन भए पनि महाधिवेशन अनिवार्य रूपमा हुनुपर्ने बताउँदै महाधिवेशन बिना नेपाली कांग्रेस निर्वाचनमा नजाने स्पष्ट चेतावनी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार