२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक


२६५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ पौष १२, शनिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
    शनिबार आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ ।

    त्यसैगरी, मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरेर अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगको भनाइ छ ।

    आयोगले सम्बन्धित मतदाताले आफ्नो नाम सहज रूपमा जाँच गर्न सक्ने गरी अन्तिम मतदाता नामावली www.election.gov.np वेबसाइटमा समेत प्रकाशित गरिएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार