२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

गरिबको हितको लागि मुलुकमा गणतन्त्र आएको हो—मुख्यमन्त्री बानियाँ 


३७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ पौष १३, आईतबार मा प्रकाशित १ महिना अघि
  •  काभ्रेपलाञ्चोक । विभिन्न दलहरूको आन्तरिक अधिवेशनले गर्दा विकास निर्माणमा ढिलासुस्ती भएको छ । निर्माण व्यवसायी एवं मजदुरहरू कुनै न कुनै आस्थामा रहेकोले उनीहरू दलको चुनावमा अलमलिँदा निर्धारित समयमा काम हुन नसकेको हो । 

    उक्त भनाई बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (आईतवार) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आयोजना गरको संघ‚ प्रदेश र स्थानीय तहहरुविचको समन्वयात्मक बैठकको उद्‌घाटन गर्दै उक्त धारणा राख्नुभएको हो ।
    बैठकको प्रमुख अतिथि मुख्यमन्त्री बाँनियाले भन्नुभयो—मुलुकमा गणतन्त्र आएको छ ‚ यो राजा महाराजा र धनीको लागि भन्दापनि गरिबको हितको लागि व्यवस्था हो । यो व्यवस्थामा गरिबले गरिखाने वातावरण बन्छ । पछिल्लो समयमा भएका धेरै विद्रोहीहरूले गणतन्त्र भित्र निकै ठूला ठूला चुनौतीहरूको सामना गर्नुपरेको छ । यो व्यवस्थामा गरिखाने वर्ग सँधै धनिहुन सक्छ तर मागिखाने वर्ग र ठगिखाने बर्ग सँधै गरिब र दरिद्र नै रहिरहन्छ । 

    बागमती प्रदेशमा रहेका १३ जिल्ला र ११९ स्थानीय तहबाट विकास निर्माणको लागि छुट्याइएको बजेटको बारेमा गुनासोहरू आउने गरेका छन् । विगतको समयमा स्थानीय तहले प्राथमिकतामा पारेको योजनाहरूलाई भन्दा बाहिरबाट राजनीतिक आस्थाको आधारमा आएको चिर्कटोको भरमा योजना छनोट  गरि कनिका छराइ ढङ्गको बजेट विनियोजन चलनलाई निमिट्यान्न पार्ने छु । राजनीतिक दवाव र प्रभावको आधारमा नभइ कुनैपनि स्थानीय तहमा १ करोड भन्दा कमको बजेट विनियोजन हुँदैन सो योजना स्थानीय सरकारले आवश्यकता महसुस गरी प्राथमिकतामा परेको साथै सो क्षेत्रबाट निर्वाचित सांसदहरूको समन्वयमा मात्रै योजना छनोट गरिने व्यवस्था मिलाउने छौंविकास निर्माण कार्यमा स्थानीय तहबाट नभ्याउने बजेटको लागि प्रदेश सरकारले व्यवस्था मिलाउँछ । प्रदेश सरकारले नभ्याएको अवस्थामा संघिय बजेट व्यवस्था हुन्छ । मुख्यमन्त्री बनियाले भन्नुभयो ।

    कार्यक्रममा मुख्य मन्त्री बानियाँले थप्नुभयो—मेरो नेतृत्वमा बनेको सरकारले जनमुखी तथा न्यायमुखी कार्य गर्छ ‚ धनी पालिका र गरिब पालिकालाई समान ढङ्गको बजेटको व्यवस्था गर्नु अन्याय हुन्छ । सबैखाले पालिकालाई एकै प्रकारको बजेट नभई विकास निर्माणको धेरै काम सम्पन्न भएकालाई थोरै र विकास निर्माण कम भएको पालिकालाई धेरै बजेटको व्यवस्था गर्ने वातावरण मिलाउँछौ । गत वर्षको विपदले गर्दा काभ्रेपलाञ्चोक जिल्लामा निकै क्षति भएको छ । सोही विषयलाई मध्यनजर राख्दै प्राथमिकताको आधारमा बजेटको व्यवस्था मिलाउँछौ । धेरै पुलहरू ध्वस्त भएका छन् ‚ अति महत्वपुर्ण सडकहरुको नामो निसाना छैन ‚ कतिपय खानेपानी आयोजनाहरु धरापमा रहेका छन् ‚ वनेपा नगरपालिका भवन जेनजी आन्दोलनमा सखाप भएको छ । पाँचखाल नगरपालिकामा सञ्चालनको तयारीमा रहेको अति महत्वपुर्ण उद्योग महिला हरित औद्योगिक ग्रामको व्यवस्था लगाएतका थुप्रै कार्यलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था मिलाईने छ ।

    कार्यक्रमको विषेश अतिथि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे श्रेष्ठले संघ तथा प्रदेश सरकारको तफर्बाट निर्धारण गरेका आयोजनाहरुमा स्थानीय सरकारले अपनत्व नअपनाएकोले योजना अलपत्र परेको बताउनु भयो । उहाँले थप्नुभयो—तीन तहको सरकार वनेपछि सो सरकारहरुलाइ समन्वय गर्नको लागि जिल्ला समन्वय समितिको व्यवस्था गरेको हो । सोहि आधारमा आजको बैठक राखिएको हो । स्थानीय सरकारसंग छलफलको लागि बैठक राख्नुपर्छ भनेर प्रदेश सरकारको तफर्बाट बजेट व्यवस्था गरेका छौं । हामीले संविधान तथा व्यवस्थालाई रक्षा गर्न सकेउ भने मात्र हाम्रा कुरा निभिक ढंगबाट राख्न सकिन्छ । 

    मैले नेतृतव गरेको बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले धेरै कुरामा ध्यानदिएर अगाडि बढाईराखेको छ । योजना र बजेटमा समन्वय गर्ने ‚ नीतिगत तथा कानुनिको समन्वय गने ‚ शिक्षा क्षेत्रमा समन्वय र सहजिकरण गर्ने ‚ संविधानले दिएको अधिकारलाई गरिवजनतासम्म पुर्‌याउने लगायतको कार्यहरु गर्दै छौंस्थानिक सरकाले प्रदेश सरकारको तफर्बाट संरक्षण गरेको छ भन्ने वातावरण बनाउने छौं । अव आउने बर्षमा विगतको त्रुटिहरुलाई सच्याउदै नविनतम ढंगबाट कार्य गरेर अगाडि बढ्ने छौं । मन्त्री बादेले भननुभयो । 

    बैठकको अध्यक्षता गरिरहनुभएको जिल्ला समन्वय समितिको प्रमुख दिपक गौतमले प्रदेश सरकारले बजेट विनियोजन गर्दैगर्दा निर्वाचित जनप्रतीनिधिबाट आएको आधारमा मात्रै बजेट विनियोजन गर्नुपर्ने सो को बदलामा कतैबाट खुसुक्क आएको कागजको चिर्कटोको आधारमा विनियोजित बजेटबाट काभे्रको समृद्धि सम्भव रहन्न भन्नुभयो । उहाँले थप्नुभयो—कागजका पचर्कटाको योजनाहरुले बिकास निर्माणको कार्यहरु अलपत्र बनेका छन् । चारो हाले जस्तो बजेटले राक्ष्टको ढुकुटिपनि रित्तिने जिललाको मुहार पनि नहास्ने यस्तो खाले बजेटको आवश्यक छैन । जिल्लामा के कस्तो काम गर्नुपर्ने हो सो बिषयमा पालिका प्रमुखहरुसंग समन्वय गरेर बजेट विनियोजन गर्नु पर्छ । जिल्लामा रहेको १३ पालिकाको महत्वपुर्ण विकास निर्माणको बारेमा मुख्यमन्त्रि समक्ष जानकारी गराउनु भयो ।

    बैठकमा प्रमुअ जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भन्नुभयो —नागरिकको छेउमा पुग्नु साथै नागरिकले खोजेको बेला सरकार भेट्नुपर्छ । कर्मचारी तन्त्रबाट हुनुपर्ने काम निरन्तर रुपमा सहजढगबाट भएको छ । प्रदेश सरकारबाट उपलब्ध हुनुपर्ने बजेट समयमै उपलब्ध नहुदा स्थानीय सरकारमा समस्या आएको बताउनु भयो । 

    बैठकमा जिल्लामा रहेका १३ वटै पालिका प्रमुख ‚ उपप्रमुखहरुले आफ्नो पालिकामा रहेको समस्याको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा जिल्लामा रहेका विभिन्न कार्यालय प्रमुखहरुले कार्यालय सञ्चालनको क्रममा आएको समस्याको बारेमा धारणा राख्नुभएको थियो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार