२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

धुलिखेलको निर्माणाधीन सरकारी भवनमा रहस्यमय मृत्यु


३०१७ पाठक संख्या
  • २०८२ पौष २८, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी चोकमा रहेको जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनभित्र एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

    प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ४५ वर्ष जति रहेको अनुमान गरिएको छ। ठेकेदारले निर्माण कार्य बीचमै छाडेपछि मुद्दा–मामिलाका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको सो भवनको दोस्रो तल्लामा रहेको खुला कोठाभित्र पुरुष मृत अवस्थामा फेला परेको हो। उक्त भवन हाल प्रयोगविहीन पुरानो जिल्ला प्रशासन कार्यालय परिसरभित्र पर्दछ।

    घटनाबारे दिउँसो करिब १ बजे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ।

    प्रहरीका अनुसार मृतकको नाम, थर तथा स्थायी ठेगाना हालसम्म खुल्न सकेको छैन। मृतकको शरीरका विभिन्न भाग जलेको अवस्थामा फेला परेको जनाइएको छ। शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।

    घटनाको कारण तथा मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता रबिन बिष्टले जानकारी दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार