२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज – १६ माघ शुक्रवार को राशिफल


३०६९ पाठक संख्या
  • २०८२ माघ १६, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    साथीभाई तथा दाजुभाइसँगको सम्पर्क बढ्ने देखिन्छ। बिर्सिएका योजना फेरि मनमा आउन सक्छन्। बोली र विचारको प्रभाव आज बढी पर्नेछ त्यसैले सोचेर बोल्नु उपयुक्त हुनेछ। दैनिकी काममा सक्रियता बढ्ने दिन हो। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आर्थिक कुराले ध्यान खिच्न सक्छ। खर्च र आम्दानी दुवै पक्ष चलायमान देखिन्छ। घरपरिवारसँग सम्बन्धित जिम्मेवारीले अलि सोच्न बाध्य पार्न सक्छ। संयमित व्यवहारले सन्तुलन कायम रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आफ्नो बोली सोच र निर्णयको प्रभाव आज स्पष्ट देखिनेछ। नसोचेको ठाउँबाट राम्रो समाचार आउन सक्छ। ध्यान केन्द्रित गरेर गरिएका काम सफल हुने संकेत छन्। आत्मविश्वास बलियो रहने दिन छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    धर्म कर्ममा मन जानेछ। पुराना सम्झना वा सपना मनमा घुमिरहन सक्छन्। एकान्तमा काम गर्दा सजिलो हुनेछ। अनावश्यक चिन्ता नगरी आफ्नो गतिमा अघि बढ्नु राम्रो। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    साथीभाइ वा सामाजिक घेराबाट सहयोग मिल्ने देखिन्छ। सामूहिक काममा सहभागिता बढ्नेछ। पद प्रतिष्ठासम्बन्धी कुरा उठ्न सक्छ। बोलीमा आकर्षण रहने दिन हो। आजरो शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    कामको चाप र जिम्मेवारी बढ्न सक्छ। धेरै कुरा सम्हाल्न खोज्दा थकान महसुस हुन सक्छ। धैर्य राखेर अघि बढ्दा स्थिती नियन्त्रणमा रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    भाग्य र प्रयास दुवै सँगसँगै चल्ने दिन हो। गुरुजन वा अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ। काम ढिलो भए पनि अन्ततः सन्तोषजनक नतिजा आउनेछ। कार्यमा सन्तुलन कायम राख्नु राम्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कार्यक्षेत्रमा अड्किएका काम अघि बढ्ने संकेत छन्। जिम्मेवारी बढे पनि आत्मबल कमजोर हुने छैन। आफ्नो सोचमा विश्वास गर्दा राम्रो निर्णय लिन सकिने दिन हो। मान सम्मानमा सुधार देखिन सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सम्बन्ध र साझेदारीका विषय सक्रिय रहनेछन्। कुरा स्पष्ट राख्दा गलत बुझाइ टार्न सकिन्छ। भावनाभन्दा व्यावहारिक सोच उपयोगी हुनेछ। नयाँ सोचको विकास हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    घरपरिवारसम्बन्धी जिम्मेवारीले अलि तनाव दिन सक्छ। पुराना कुरा मनमा अल्झिरहन सक्छन्। ठूला निर्णय आज नगर्नु राम्रो। संयमता अपनाउँदा स्थिती सहज बन्दै जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    भावनात्मक कुरा अलि हावी हुन सक्छन्। प्रेम वा सन्तानसम्बन्धी विषयले ध्यान खिच्न सक्छ। बोली र व्यवहारमा संयम आवश्यक रहनेछ। जोखिमपूर्ण काम आज टार्नु उपयुक्त र लाभदायक रहला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    खर्च र पारिवारिक जिम्मेवारी एकैसाथ देखिन सक्छ। नसोचेको ठाउँबाट सूचना आउन सक्छ। आफ्नो सोचलाई व्यवस्थित गर्दा काम सहज हुनेछ। मानसिक शान्तिमा ध्यान दिनु होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार