२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

आज काठमाडौमा हजारौको संख्यामा कारवाहीमा परे


४५०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३, बुधबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७४ महिला सहित  ३२ सय ६७  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आज विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट सबैभन्दा बढि २ हजार ७ सय ४० जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ७९ र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

    कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार