२०८२ बैशाख २१, आईतबार | Sun, 04, May, 2025

नेकपा काभ्रेको खवरदारी , पार्टी विभाजन हुनु हुदैन-चौलागाई


४५५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • २४ असार २०७७
    काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको संघारमा पुगेको अवस्थामा काभ्रेका नेकपा कार्यकर्ताहरुले खबरदारी गरेको छ । आज (बुधबार) काभ्रे जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष र सचिव मार्फ पार्टी केन्द्रलाई ज्ञापन पत्र बुझाउँदै उक्त खबरदारी गरेका हुन् । ज्ञापन पत्रमा पार्टी कुनै पनि हालतमा फुटाउन नहुने उल्लेख छ ।

    पछिल्लो समयमा सिर्जित घट्ना क्रमसँगैको विवादले सम्पूर्ण पार्टी कार्यकर्ता, सदस्य, शुभचिन्तक तथा पार्टीको आम जीवन नै संकटपूर्ण अवस्थामा पुगको बताउँदै नेकपा कार्यकर्ताहरुले विगतका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयंगम गरी पार्टी मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न समेत पार्टी नेतृत्वलाई अनुरोध गरेको छ ।

    ज्ञापन पत्र नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ, नेपाल, अनेरास्ववियू, अखिल नेपाल महिला संघ, अखिल नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल किसान संघ लगायतले बुझाएको थियो ।
    पार्टी कार्यालयमा ‘पार्टी एकता– जिन्दावाद’, ‘व्यक्ति प्रधान होइन, नीति प्रधान पार्टी निर्माण गरौं ।’, फूटवादीहरु होसियार, लगायतका नारा लेखिएको प्लेकार्डहरु लिएर पार्टी कार्यकर्ताहरु कार्यालयमा पुगेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष रुकु चौंलागाई (रचना)ले पार्टी विभाजन भए के हुन्छ एक चोटी छातिमा हात राखेर सोच्न सबैलाई आग्रह गरिन् । संघीयता गणतन्त्र ल्याउन हजारौंले बलिदान गरेको स्मरण गराउँदै जनतासँग मुख देखाउन नसक्ने बताइन् । पार्टी कुनै पनि हालतमा विभाजन हुन नहुने उनले बताइन् ।

     

    त्यसैगरि पार्टी जिल्ला सचिव टोकबहादुर वाइबाले पार्टीको योजनामा जनप्रतिनिधि चल्नुपर्नेमा त्यो नभएको बताए । पार्टी बैठक समेत राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै वाइबाले चिन्ता व्यक्त गरे । ज्ञापनपत्र जस्ताको तस्तै पार्टी केन्द्रमा बुझाउने प्रतिबद्धता जहेर गर्दै आफूहरु पनि ज्ञापन पत्र प्रति एक्यबद्धता रहेको बताए ।

    यसैबीच सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमीटी सदस्य तथा प्रदेस सभा सदस्य सांसद लक्ष्मण लम्सालले कम्युनिष्ट पार्टी व्यक्ति प्रधान होइन नीति प्रधान भएकोले यसलाई सबैले स्वीकार्नु पर्ने बताए । पार्टी एकता पूर्ण रुपमा नटुंगीदै पार्टी फूटको संघारमा पुगेकोले पार्टी फूटको पक्षमा कोही पनि नेता, कार्यकर्ता हुन नसक्ने बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु