२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

एमाले काभ्रेले टुंग्यायो उम्मेदवार गठबन्धनका लागि माओवादी केन्द्रसँग छलफल गर्दै


५४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे — स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले काभ्रेले उम्मेदवार तय गरेको छ । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडामा उम्मेदवार टुंगो लागेको एमाले जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । यद्यपी एमालेले गठबन्धनका लागि माओवादी केन्द्रसँग पनि छलफल अघि बढाएको छ । गठबन्धन भएमा माओवादी केन्द्रको भागमा परेको स्थानीय तहका उम्मेदवार ‘ब्याक’ हुने एमालेले जनाएको छ ।

    एमालेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    त्यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ ।

    सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रले पनि एमालेसँग छलफल गरेको हो । माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालले एमालेसँग गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताए । ‘कांग्रेसले धेरै भाग खोजेपछि तालमेलका लागि कुरा नमिल्नेजस्तो भयो; एमालेसँग छलफल भएको छ; गठबन्धन हुन सक्ने कुरालाई नकार्न सकिँदैन,’ अर्यालले भने, ‘भागबन्डा नमिले हामी एक्लाएक्लै निर्वाचनमा जाने पक्षमा छौं ।’

    सत्ता गठबन्धनमा १३ स्थानीय पालिकामध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले ७, कांग्रेस ४ र माओवादी केन्द्र २ स्थानीय तहमा विजयी भएका थिए । एमाले फुटेपछि मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ एकीकृत समाजवादीतर्फ छन् ।स्रोत कान्तीपुर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार