२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा काभ्रेली पक्राऊ


५००७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे : नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय राजकुमार हुमागाईँसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हुमागाईसंगै गोरखाको बारपाक सुलिकोट– ७ का ३७ वर्षीय विकाश अमगाईं र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनी रहेका छन । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।

    महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका हुमागाईँसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। कोइरालाका अनुसार अनुसन्धानमा नक्कली  प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार