२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

अवैधरुपमा भित्रदै युरिया मल


६८६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १३, बुधबार मा प्रकाशित ३ साल अघि
  • प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।

    इलाका प्रहरी कार्यालय, रानी मातहत रहेको इप्रका रानी सीमा र इलाका प्रहरी कार्यालय, बुधनगरको टोलीले राति १०स्३० बजे सामान बरामद गरेको थियो । भारतबाट तस्करी गरेर मध्यरातमा नेपाल लिएर आउँदै गर्दा प्रहरीलाई देखेपछि कारोबारी भागेको बताइएको छ ।

    प्रहरीले पक्राउ गरेकामध्ये इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनीजस्ता सामग्री छन् । आफ्नो उपभोगका लागि नभएर तस्करीको कारोबार चलाउनेबाट भित्र्याएको सामान मध्यरातमा पक्राउ परेको प्रहरीले जनाएको छ । तस्करीमा संलग्नले मध्यरातमा भित्र्याउने र गोदाममा राख्ने तथा दिउँसो पसलपसलसम्म पु-याउने गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार