काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ काभ्रेभञ्ज्याङमा रहेको फर्निचरमा आगलागि हुदा ९० लाख बराबरको क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिजो शुक्रवार राति मिति ९ बजेको समयमा श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगोलागि हुदाँ उक्त क्षती भएको हो ।
अगलागिको कारण नजिकै रहेको कृष्ण बि.क. को ढुङगा माटो जस्ताले बनेको एक तले कच्ची घर , धुर्व बहादुर बि.क. को जस्ताले बेरेको जस्ताले छाएको एक तले टहरो समेतमा क्षेती भएको थियो । आगलागि भएको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरिक्षक बसुन्धरा खड्काको कमाण्डमा ४० जनाको प्रहरी टोली , ५ वटा दमकल साथै नेपालि सेना, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा राती २ बजे आगो नियन्त्रणमा लिईएको थियो ।
उक्त आगोलागीबाट फर्निचरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ शंखरापुर न.पा. १ नाङलेभारे बस्ने बर्ष ७३ को तोयानाथ दङगाल घाईते भएको , निजकै श्रीमती अं. बर्ष ७० की टिकादेबी दङगालको आगोमा जलि मृत भएको ,घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरेहेको ,मृत लास पोष्टमाटमको लागी धुलिखेल अस्पतालमा राखिएको उक्त आगोलागीबाट फर्निचर ८० लाख कृष्ण बि.क. को घरको ७ सात लाख र धुर्व बहादुर बि.क.को टहरोको तीन लाख समेत ९० लाख क्षती भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस